आज भारतको ८०औँ स्वतन्त्रता दिवस भव्य रूपमा मनाइँदै

२०८३ श्रावण ३० शनिवार
सारांश
  • भारतले आज ८०औँ स्वतन्त्रता दिवस भव्य समारोहका साथ मनाउने भएको छ ।

काठमाण्डौ, ३० श्रावण । भारतले आज ८०औँ स्वतन्त्रता दिवस भव्य समारोहका साथ मनाउने भएको छ ।

 

प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित लालकिल्लाबाट राष्ट्रिय झण्डा फहराउँदै राष्ट्रका नाममा सम्बोधन गर्नेछन् । यस वर्षको समारोह राष्ट्रिय गीत ‘वन्दे मातरम्’ को १५० वर्षको विरासत र सन् २०४७ सम्म भारतलाई विकसित राष्ट्र बनाउने यात्रामा युवाशक्तिको योगदानमा केन्द्रित हुनेछ ।

 

झण्डा फहराउने क्रममा २१ तोपको सलामी दिइनेछ । त्यसपछि ‘वन्दे मातरम्’ प्रस्तुत गरिनेछ र राष्ट्रिय गान गाइनेछ । भारतीय वायुसेनाका दुई हेलिकप्टरबाट राष्ट्रिय झण्डा तथा ‘वन्दे मातरम्’ अंकित झण्डासहित समारोहस्थलमा फूलका पात झारिने कार्यक्रमसमेत रहेको छ । त्यसपछि प्रधानमन्त्री मोदीले राष्ट्रका नाममा सम्बोधन गर्नेछन् ।

 

समारोहमा सेना, नौसेना, वायुसेना, प्रहरी, राष्ट्रिय छात्र संगठन तथा ‘माई भारत’ का गरी करिब २ हजार ५०० युवा सहभागी हुनेछन् । उनीहरूले लालकिल्लासामु रहेको ज्ञानपथमा ‘वन्दे मातरम्’को आकृति बनाउनेछन् । यस वर्ष विभिन्न क्षेत्रबाट करिब ५ हजार विशेष अतिथिलाई समारोहमा आमन्त्रण गरिएको बताइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार