अन्तिम श्रद्धाञ्जलीका लागि खामेनीको शव तेहरानको मस्जिदमा राखियो
१९ आषाढ़, २०८३, शुक्रवार
- इस्लामिक परम्परामा सामान्यतया मृत्यु भएको एक-दुई दिनमै अन्त्येष्टि गरिन्छ। तर यस पटक युद्धको अवस्था र ठूलो भीड व्यवस्थापनको कारण ढिलाइ भएको अधिकारीहरूको भनाइ छ । मशहद ईरानको प्रमुख धार्मिक शहर हो । यहाँ इमाम रेजाको दरगाह रहेको छ, जसलाई शिया मुसलमानहरू अत्यन्त पवित्र स्थल मान्छन् ।
काठमाडौँ: इजरायल र अमेरिकाको आक्रमणमा मृत्यु भएका इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी तथा उनका परिवारका सदस्यहरूको शव तेहरानस्थित एक मस्जिदमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिएको छ ।
इरानी मिडियाका अनुसार विभिन्न देशबाट इरान पुगेका विदेशी प्रतिनिधिहरूले तेहरानमा आयोजित प्रार्थना सभामा सहभागी भई श्रद्धाञ्जलि अर्पण गरेका छन् । यो कार्यक्रम दिनभर सञ्चालन हुने जनाइएको छ ।
समारोहमा पाकिस्तानका गृहमन्त्री मोहसिन नकवी, तालिबान प्रशासनका विदेशमन्त्री आमिर खान मुत्तकी तथा चीनको कम्युनिष्ट पार्टीका एक वरिष्ठ पदाधिकारी सहभागी भएका छन् । ताजिकिस्तान, चीन र भारतका केही अधिकारी पनि कार्यक्रममा सहभागी हुने तयारीमा रहेको बताइएको छ ।
गत फेब्रुअरीमा भएको आक्रमणमा खामेनेईका ज्वाइँ, नाति, एक छोरी तथा बुहारीसहित परिवारका अन्य सदस्यहरूको पनि मृत्यु भएको थियो ।
खामेनीको अन्त्यष्टिमा इरानमा २ करोड भन्दा बढी मानिस सहभागी हुने अनुमान गरिएको छ । यसअघि सन् १९८९ मा इस्लामिक गणतन्त्रका संस्थापक आयातुल्ला रुहोल्लाह खोमेनीको अन्त्येष्टिमा करिब १ करोड मानिस सहभागी भएका थिए । त्यो समयमा भीड अत्यधिक हुँदा भागदौड मच्चिएको थियो, जसमा कम्तीमा ८ जनाको मृत्यु र हजारौं घाइते भएका थिए। यस पटक पनि अधिकारीहरू ठूलो भीड व्यवस्थापन गर्न र दुर्घटना रोक्न तयारीमा जुटेका छन् ।
इस्लामिक परम्परामा सामान्यतया मृत्यु भएको एक-दुई दिनमै अन्त्येष्टि गरिन्छ। तर यस पटक युद्धको अवस्था र ठूलो भीड व्यवस्थापनको कारण ढिलाइ भएको अधिकारीहरूको भनाइ छ । मशहद ईरानको प्रमुख धार्मिक शहर हो । यहाँ इमाम रेजाको दरगाह रहेको छ, जसलाई शिया मुसलमानहरू अत्यन्त पवित्र स्थल मान्छन् ।
इमाम रेजा शिया परम्पराका आठौँ इमाम मानिन्छन्। उनको दरगाह संसारकै ठूलो धार्मिक स्थलमध्ये एक हो, जहाँ हरेक वर्ष करोडौँ श्रद्धालु पुग्छन् । त्यही कारण खामेनेईलाई त्यहीँ दफन गर्दा उनको नाम शिया परम्पराका अत्यन्त सम्मानित धार्मिक व्यक्तित्वसँग जोडिने बताइन्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।