- यो मिति सन् १९०८ मा रुसको साइबेरियास्थित तुङ्गुस्का क्षेत्रमा भएको इतिहासकै सबैभन्दा ठूलो क्षुद्रग्रह विस्फोटको सम्झनामा तय गरिएको हो । उक्त घटनाले करिब दुई हजार वर्ग किलोमिटर वन क्षेत्र ध्वस्त बनाएको थियो ।
काठमाण्डौ, १६ अषाढ़ । आज जुन ३० अन्तर्राष्ट्रिय क्षुद्रग्रह दिवस विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । पृथ्वीमा क्षुद्रग्रह ठोक्किन सक्ने सम्भावित जोखिमबारे जनचेतना फैलाउने, वैज्ञानिक अनुसन्धानलाई प्रोत्साहन गर्ने तथा सम्भावित विपद्का लागि अन्तर्राष्ट्रिय सहकार्यलाई बलियो बनाउने उद्देश्यले यो दिवस मनाइन्छ ।
संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१६ मा पारित गरेको प्रस्तावअनुसार हरेक वर्ष जुन ३० लाई अन्तर्राष्ट्रिय क्षुद्रग्रह दिवसका रूपमा मनाउन थालिएको हो । यो मिति सन् १९०८ मा रुसको साइबेरियास्थित तुङ्गुस्का क्षेत्रमा भएको इतिहासकै सबैभन्दा ठूलो क्षुद्रग्रह विस्फोटको सम्झनामा तय गरिएको हो । उक्त घटनाले करिब दुई हजार वर्ग किलोमिटर वन क्षेत्र ध्वस्त बनाएको थियो ।
वैज्ञानिकहरूका अनुसार पृथ्वी नजिक परिक्रमा गर्ने ३६ हजारभन्दा बढी क्षुद्रग्रह पत्ता लागिसकेका छन् । तीमध्ये केही क्षुद्रग्रह भविष्यमा पृथ्वीको नजिक आउन सक्ने भएकाले तिनको निरन्तर निगरानी गरिँदै आएको छ । पृथ्वीको कक्षाको धेरै नजिक आउने र ठूलो आकारका क्षुद्रग्रहलाई सम्भावित जोखिमयुक्त मानिन्छ ।
संयुक्त राष्ट्रसंघले सन् २०२९ लाई अन्तर्राष्ट्रिय क्षुद्रग्रह सचेतना तथा ग्रह सुरक्षा वर्ष घोषणा गरेको छ । सोही वर्ष ‘अपोफिस’ नामक विशाल क्षुद्रग्रह पृथ्वीबाट करिब ३२ हजार किलोमिटरको दूरीबाट सुरक्षित रूपमा गुज्रिनेछ । यसले पृथ्वीलाई कुनै खतरा नपुग्ने भए पनि यो घटना दुर्लभ मानिएको छ र संसारका धेरै स्थानबाट खुला आकाशमा नाङ्गो आँखाले समेत देख्न सकिने अपेक्षा गरिएको छ ।
क्षुद्रग्रहसम्बन्धी सम्भावित जोखिमको पहिचान, निगरानी र आवश्यक परे त्यसको प्रभाव कम गर्ने उपायबारे अन्तर्राष्ट्रिय स्तरमा सहकार्य भइरहेको छ । यसका लागि संयुक्त राष्ट्रसंघको पहलमा विभिन्न अन्तरिक्ष निकाय र वैज्ञानिक संस्थाहरूले सम्भावित जोखिमको मूल्याङ्कन तथा पूर्वतयारीका कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।