- उत्तरी जर्मनीको स्टाडे सहरमा भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु भएको छ ।
एजेन्सी, १६ अषाढ़ । उत्तरी जर्मनीको स्टाडे सहरमा भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु भएको छ । घटनासँग सम्बन्धित एक जना शंकास्पद व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
जर्मन समाचार संस्था डीपीएका अनुसार प्रहरीलाई उद्धृत गर्दै सहरको केन्द्र बाहिर रहेको क्षेत्रमा व्यापक खोजी अभियान सञ्चालन भइरहेको छ । ल्युनेबर्ग प्रहरी मुख्यालयले सामाजिक सञ्जालमार्फत स्थानीय बासिन्दालाई घटनास्थल वरपर नजान र सुरक्षित दूरी कायम गर्न आग्रह गरेको छ ।
घटनास्थलमा अहिले पनि उद्धार तथा सुरक्षा अभियान जारी रहेको प्रहरीले जनाएको छ । गोलीकाण्डको कारण अहिलेसम्म खुल्न नसकेको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको बताइएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार गोलीबारी स्टाडे सहरको मध्यभागमा रहेको एक युवा केन्द्रमा भएको हो । ह्याम्बर्गको पश्चिममा अवस्थित स्टाडे सहरमा करिब ५० हजार जनसंख्या रहेको छ ।
केही स्थानीय सञ्चारमाध्यमले घटनामा एकभन्दा बढी आक्रमणकारी संलग्न हुन सक्ने दाबी गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एनआरएनए अमेरिकाले परराष्ट्रमन्त्री खनाललाई बुझायो १७ बुँदे सुझाव
-
राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
-
शिक्षामन्त्री पोखरेलसँग रसियाली राजदूत भ्लादिमेरोभिकको शिष्टाचार भेट
-
चोलेन्द्र पक्राउ प्रकरणमा मानव अधिकार आयोगले एसएसपीलाई बोलायो
-
नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब ३८ करोडको कारोबार
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।