अमेरिका र इरानबीच पछिल्लो तनाव कम गर्न दोहामा वार्ता हुने
२०८३ अषाढ़ १५ सोमवार
- दुवै देशका प्रतिनिधिमण्डलबीच मंगलबार कतारको राजधानी दोहामा वार्ता हुने भएको छ । वार्ताको मुख्य विषय होर्मुज जलडमरूमध्यलाई लिएर उत्पन्न विवाद समाधान गर्नु हुनेछ ।
एजेन्सी, १५ अषाढ़ । अमेरिका र इरानले पछिल्लो विवाद समाधान गर्ने दिशामा अघि बढ्न सहमति जनाएका छन् । दुवै देशका प्रतिनिधिमण्डलबीच मंगलबार कतारको राजधानी दोहामा वार्ता हुने भएको छ । वार्ताको मुख्य विषय होर्मुज जलडमरूमध्यलाई लिएर उत्पन्न विवाद समाधान गर्नु हुनेछ ।
अधिकारीहरूका अनुसार दुवै पक्षले सबै प्रकारका सैन्य गतिविधि र आक्रमण रोक्ने निर्णय गरेका छन् । अन्तर्राष्ट्रिय जलमार्गमा जहाजहरूको आवागमन कुनै अवरोधबिना सञ्चालन होस् भन्ने उद्देश्यले अमेरिका र इरान दुवै पक्ष अहिले तनाव कम गर्ने पक्षमा देखिएका छन् ।
यद्यपि यो सहमति अझै संवेदनशील अवस्थामा रहेको बताइएको छ । युद्धविराम भएको केवल ११ दिन मात्र भएकाले स्थिति पूर्ण रूपमा स्थिर भइसकेको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सहमतिका सर्त पालना नगरे पुनः सैन्य कारबाही सुरु गर्ने चेतावनी दिएका छन् । यही तनावपूर्ण अवस्थाबीच प्राविधिक तहको वार्ता निरन्तर जारी राख्न दुवै देश सहमत भएका छन् ।
यसैबीच, वाल स्ट्रिट जर्नलको एक प्रतिवेदनअनुसार इरानका विदेशमन्त्री अब्बास अराघचीले प्रारम्भिक शान्ति सम्झौताअनुसार होर्मुज जलडमरूमध्यमा यातायात व्यवस्थापन गर्ने विशेष अधिकार इरानसँग रहेको दाबी गरेका छन् । तर अमेरिकाले उक्त दाबी अस्वीकार गरेको छ । अमेरिकी पक्षले सम्झौताअनुसार इरानलाई जलमार्गमाथि नियन्त्रणको अधिकार नदिइएको र अन्तर्राष्ट्रिय जलमार्गमा जहाजहरूको स्वतन्त्र आवागमन सुनिश्चित हुनुपर्ने अडान राखेको छ ।
इरानले ओमानको तट नजिकबाट गुज्रिरहेको एक जहाजमाथि आक्रमण गरेपछि यो विवाद थप चर्किएको थियो । इरानले जहाजहरू आफ्नै तटीय मार्ग हुँदै आवागमन गर्नुपर्ने धारणा राख्दै आएको छ ।
गत जुन महिनामा राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेको सम्झौताअनुसार होर्मुज जलडमरूमध्य खुला राख्ने जिम्मेवारी इरानलाई दिइएको उल्लेख छ । सम्झौतामा व्यापारिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न इरानले आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने तथा भविष्यमा समुद्री व्यवस्थापन र सेवा सञ्चालनसम्बन्धी व्यवस्था क्षेत्रका अन्य देशसँग सहकार्य गरेर तय गर्ने उल्लेख गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
सुपर कम्युटरको दौडमा अमेरिकालाई चीनले उछिन्यो
-
विश्वकपमा मेसी, एम्बाप्पे र हालाण्ड चम्किदा रोनाल्डो चुके !
-
मेस्सीको जादुमयी ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित
-
मस्कको न्युरालिंकलाई पछि पार्दै चीनमा मस्तिष्क चिप ‘निओ’ लाई व्यावसायिक अनुमति
-
सिंहदरबार भित्रको सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल, दुई लाख जरिवाना
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।