पाकिस्तानको जियो न्यूजको प्रसारण अनुमति १५ दिनका लागि निलम्बन
१५ आषाढ़, २०८३, सोमवार
- नियामक निकायले जियो न्यूजलाई घटनाबारे आन्तरिक छानबिन गर्न निर्देशन दिएको छ । साथै यस विषयलाई उजुरी परिषद्मा पनि पठाइएको जनाएको छ ।
काठमाडौँ: पाकिस्तानको प्रमुख समाचार च्यानल जियो न्यूजको प्रसारण अनुमति १५ दिनका लागि निलम्बन गरिएको छ ।
पाकिस्तान विद्युतीय सञ्चारमाध्यम नियमन प्राधिकरणले मुहर्रमका क्रममा प्रसारण गरिएको एक कार्यक्रममा धार्मिक भावनामा चोट पुग्न सक्ने दृश्य देखाइएको आरोप लगाउँदै यो कारबाही गरेको हो ।
प्राधिकरणका अनुसार जुन २६ मा प्रसारण भएको ‘सफर–ए–इश्क’ कार्यक्रममा पाकिस्तानको धार्मिक, सांस्कृतिक तथा सामाजिक संवेदनशीलताअनुकूल नदेखिएका दृश्य समावेश गरिएको थियो । यस्ता सामग्रीले धार्मिक सद्भावमा असर पार्न सक्ने भन्दै च्यानलविरुद्ध कारबाही गरिएको जनाइएको छ ।
नियामक निकायले जियो न्यूजलाई घटनाबारे आन्तरिक छानबिन गर्न निर्देशन दिएको छ । साथै यस विषयलाई उजुरी परिषद्मा पनि पठाइएको जनाएको छ ।
कारबाहीपछि जियो न्यूजले विवादित कार्यक्रम आफ्ना सबै डिजिटल माध्यमबाट हटाएको छ । च्यानलले सार्वजनिक रूपमा क्षमायाचनासमेत गर्दै यो सम्पादकीय कमजोरीका कारण भएको जनाएको छ । च्यानलले कार्यक्रममा इराक तथा मध्यपूर्वका केही देशमा शिया समुदायले पालन गर्ने स्थानीय धार्मिक परम्परालाई जानकारीमूलक उद्देश्यले मात्र प्रस्तुत गरिएको बताएको छ । कुनै विशेष धार्मिक विचारधाराको समर्थन गर्ने उद्देश्य नभएको पनि च्यानलले स्पष्ट पारेको छ ।
यस घटनापछि पाकिस्तानमा प्रेस स्वतन्त्रता तथा सञ्चारमाध्यममाथि नियामक निकायको बढ्दो नियन्त्रणबारे बहस फेरि तीव्र बनेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चोलेन्द्रशमशेरलाई भेट्न नदिएको भन्दै मानव अधिकार आयोगको आपत्ति
-
फेवातालमा उद्धारका लागि अत्याधुनिक जेट स्की बोट सञ्चालन
-
दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्डमा २७ जनाको मृत्यु
-
मलेखु–मुग्लिन सडक खुलाउन १० मेसिन परिचालन, भोलि बिहानसम्म यातायात सुचारु गर्ने तयारी
-
बर्षाले अप्ठ्यारोमा परेका नागरिकलाई सहयोग र समन्वय गर्न पार्टीपंक्तिलाई गगन थापाको आग्रह
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।