फ्रान्समा स्काइडाइभिङका यात्रु बोकेको विमान दुर्घटनाग्रस्त, ११ जनाको मृत्यु

१४ आषाढ़, २०८३, आइतवार
सारांश
  • प्रशासनका अनुसार दुर्घटनामा चालकसहित विमानमा सवार सबै १० यात्रुको मृत्यु भएको छ । मृतकमध्ये पाँच जना विद्यार्थी र पाँच जना प्रशिक्षक रहेका छन् ।

काठमाडौँ: पूर्वी फ्रान्समा एउटा नागरिक विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

 

स्थानीय अधिकारीहरूका अनुसार दुर्घटना टोम्ब्लेन सहरस्थित विमानस्थल नजिक भएको हो । घटनापछि प्रहरीले सर्वसाधारणलाई दुर्घटनास्थल वरपरको क्षेत्रमा नजान र उक्त स्थानबाट टाढा रहन आग्रह गरेको छ ।

 

स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा परेको विमान स्काइडाइभिङका लागि यात्रु बोकेर उडेको थियो ।

 

प्रशासनका अनुसार दुर्घटनामा चालकसहित विमानमा सवार सबै १० यात्रुको मृत्यु भएको छ । मृतकमध्ये पाँच जना विद्यार्थी र पाँच जना प्रशिक्षक रहेका छन् ।

 

फ्रान्सको गृह मन्त्रालयले गृहमन्त्री लोरेन नुनेज घटनास्थलतर्फ प्रस्थान गरिसकेको जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको अधिकारीहरूले बताएका छन् ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार