अमेरिका युद्धविराम सम्झौताको पालना गर्न असफल भएको इरानको आरोप
१८ जेठ, २०८३, सोमवार
- उनले अमेरिका इरानी बन्दरगाहमाथिको नाकाबन्दी कायम राख्नुका साथै आफ्नो सहयोगी इजरायललाई लेबनानमा सैन्य आक्रमण बढाउनबाट पनि रोक्न नसकेको आरोप लगाएका हुन् ।
काठमाडौँ: इरानका संसद् अध्यक्ष तथा प्रमुख वार्ताकार मोहम्मद बाकर गालिबाफले अमेरिका युद्धविराम सम्झौताको पालना गर्न असफल भएको आरोप लगाएका छन् ।
उनले अमेरिका इरानी बन्दरगाहमाथिको नाकाबन्दी कायम राख्नुका साथै आफ्नो सहयोगी इजरायललाई लेबनानमा सैन्य आक्रमण बढाउनबाट पनि रोक्न नसकेको आरोप लगाएका हुन् ।
गालिबाफले इरानी बन्दरगाहमाथि जारी समुद्री नाकाबन्दी अमेरिका युद्धविरामका सर्तहरूको पालना नगरेको स्पष्ट प्रमाण भएको बताएका छन् । उनले हरेक निर्णयको मूल्य हुने र त्यसको हिसाब एक दिन चुकाउनुपर्ने चेतावनीसमेत दिएका छन् ।
गालिबाफले इरानी बन्दरगाहको नाकाबन्दी कायम राख्नु र लेबनानमा इजरायलको सैन्य कारबाही रोक्न नसक्नुले अमेरिका युद्धविरामप्रति प्रतिबद्ध नरहेको देखाएको दाबी गरेका छन् । उनले समय आएपछि सबै कुरा स्पष्ट हुने पनि बताएका छन् ।
यता इरानका उपविदेशमन्त्री काजेम गरीबाबादीले होर्मुज जलडमरूमध्यमाथिको सार्वभौम अधिकार केवल इरान र ओमान सँग रहेको बताएका छन् । उनले उक्त महत्वपूर्ण समुद्री मार्गमा जहाजको आवागमन तथा जलयात्रा व्यवस्थापनका लागि इरानले नयाँ प्रणाली लागू गरेको जानकारी दिएका छन् ।
इरानी सरकारी प्रसारण संस्थाका अनुसार गरीबाबादीले होर्मुज क्षेत्रमा समुद्री यातायात र जलयात्रा नियन्त्रणसम्बन्धी नयाँ व्यवस्था ओमानसँगको सहकार्यमा सञ्चालन भइरहेको बताएका छन् । साथै उनले ओमानलाई अमेरिकाको दबाब वा धम्कीसमक्ष नझुक्न आग्रह गरिएको पनि उल्लेख गरेका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
स्वास्थ्यमन्त्री मेहता र चिनियाँ राजदूतबीच भेटवार्ता
-
अमेरिका युद्धविराम सम्झौताको पालना गर्न असफल भएको इरानको आरोप
-
रवि लामिछाने पुगे दिल्ली, भाजपा महासचिवले गरे स्वागत
-
संसदमा आइतबार भएको अमर्यादित व्यबहार र भौतिक नोक्सानीको छानबिन गर्न सभामुखले गठन गरे समिति
-
रास्वपा सांसद दिपक बोहोराको मानव अधिकार आयोगविरुद्ध सर्वोच्चमा रिट
धेरै पढिएको
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
विशेष
ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट
१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।