- सम्झौताअनुसार पाँचवटा युद्धपोत र दशवटा सैन्य विमानसम्म तैनाथ गर्न अनुमति दिइएको छ । साथै, दुवै देशका सेनाले एक–अर्काका सैन्य आधार, हवाई आधार र बन्दरगाह प्रयोग गर्न सक्नेछन्, जसले दीर्घकालीन तैनाथी र सञ्चालन सहज बनाउने अपेक्षा गरिएको छ ।
काठमाडौँ: भारत र रुसबीच भएको सैन्य सहयोगसम्बन्धी ‘रेसिप्रोकल एक्सचेन्ज अफ लजिस्टिक सपोर्ट’ सम्झौता कार्यान्वयनमा आएको छ । यसअन्तर्गत दुवै देशले एक–अर्काको भूमिमा तीन हजारसम्म सैनिक तैनाथ गर्न सक्ने भएका छन् ।
सम्झौताअनुसार पाँचवटा युद्धपोत र दशवटा सैन्य विमानसम्म तैनाथ गर्न अनुमति दिइएको छ । साथै, दुवै देशका सेनाले एक–अर्काका सैन्य आधार, हवाई आधार र बन्दरगाह प्रयोग गर्न सक्नेछन्, जसले दीर्घकालीन तैनाथी र सञ्चालन सहज बनाउने अपेक्षा गरिएको छ ।
यस सम्झौतामा इन्धन, पानी, मर्मत, प्राविधिक स्रोतसाधन लगायत आवश्यक सामग्री उपलब्ध गराउने व्यवस्था पनि समावेश गरिएको छ । विमानका लागि हवाई यातायात नियन्त्रण तथा उडानसम्बन्धी सेवासमेत प्रदान गरिनेछ ।
सम्झौता सन् २०२५ फेब्रुअरीमा हस्ताक्षर भएको थियो भने सोही वर्ष डिसेम्बरमा रुसले अनुमोदन गरेको थियो । यो पाँच वर्षका लागि लागू हुनेछ र आपसी सहमतिमा अवधि थप गर्न सकिनेछ ।
यद्यपि, यो सम्झौता युद्धका लागि नभई शान्तिकालमा तालिम, संयुक्त अभ्यास र लजिस्टिक सहयोगका लागि मात्र प्रयोग हुने जनाइएको छ ।
यसलाई भारत–रुसबीचको रणनीतिक साझेदारी सुदृढ गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
विशेष
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।