भारत र रुसबीच सैन्य सम्झौता कार्यान्वयनमा

७ बैसाख, २०८३, सोमवार
सारांश
  • सम्झौताअनुसार पाँचवटा युद्धपोत र दशवटा सैन्य विमानसम्म तैनाथ गर्न अनुमति दिइएको छ । साथै, दुवै देशका सेनाले एक–अर्काका सैन्य आधार, हवाई आधार र बन्दरगाह प्रयोग गर्न सक्नेछन्, जसले दीर्घकालीन तैनाथी र सञ्चालन सहज बनाउने अपेक्षा गरिएको छ ।

काठमाडौँ: भारत र रुसबीच भएको सैन्य सहयोगसम्बन्धी ‘रेसिप्रोकल एक्सचेन्ज अफ लजिस्टिक सपोर्ट’ सम्झौता कार्यान्वयनमा आएको छ । यसअन्तर्गत दुवै देशले एक–अर्काको भूमिमा तीन हजारसम्म सैनिक तैनाथ गर्न सक्ने भएका छन् ।

 

सम्झौताअनुसार पाँचवटा युद्धपोत र दशवटा सैन्य विमानसम्म तैनाथ गर्न अनुमति दिइएको छ । साथै, दुवै देशका सेनाले एक–अर्काका सैन्य आधार, हवाई आधार र बन्दरगाह प्रयोग गर्न सक्नेछन्, जसले दीर्घकालीन तैनाथी र सञ्चालन सहज बनाउने अपेक्षा गरिएको छ ।

 

यस सम्झौतामा इन्धन, पानी, मर्मत, प्राविधिक स्रोतसाधन लगायत आवश्यक सामग्री उपलब्ध गराउने व्यवस्था पनि समावेश गरिएको छ । विमानका लागि हवाई यातायात नियन्त्रण तथा उडानसम्बन्धी सेवासमेत प्रदान गरिनेछ ।

 

सम्झौता सन् २०२५ फेब्रुअरीमा हस्ताक्षर भएको थियो भने सोही वर्ष डिसेम्बरमा रुसले अनुमोदन गरेको थियो । यो पाँच वर्षका लागि लागू हुनेछ र आपसी सहमतिमा अवधि थप गर्न सकिनेछ ।

 

यद्यपि, यो सम्झौता युद्धका लागि नभई शान्तिकालमा तालिम, संयुक्त अभ्यास र लजिस्टिक सहयोगका लागि मात्र प्रयोग हुने जनाइएको छ ।

 

यसलाई भारत–रुसबीचको रणनीतिक साझेदारी सुदृढ गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपाल–भारत सम्बन्धमा रबि लामिछाने फ्याक्टरः भ्रमणले दिएको ६ सन्देश

“विकास कूटनीति” को अवधारणा विगतमा व्यापक रूपमा प्रयोग हुने “कनेक्टिभिटी” शब्दभन्दा फराकिलो र समग्र दृष्टिकोण भएको देखिन्छ । कनेक्टिभिटी यसको एउटा महत्वपूर्ण अंग भए पनि विकास कूटनीतिले द्विपक्षीय सहकार्यलाई अझ व्यापक ढंगले परिभाषित गर्छ ।

थप समाचार