- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ को शान्तिपूर्ण प्रदर्शनलाई अपहरण गरी भदौ २४ मा योजनाबद्ध रूपमा लोकतन्त्रमाथि आक्रमण गरिएको बताएका छन् ।
काठमाण्डौ, २४ भाद्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ को शान्तिपूर्ण प्रदर्शनलाई अपहरण गरी भदौ २४ मा योजनाबद्ध रूपमा लोकतन्त्रमाथि आक्रमण गरिएको बताएका छन् ।
भदौ २४ को विध्वंस भएको एक वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै ओलीले राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालय तथा सार्वजनिक र निजी सम्पत्तिमा भएको आगजनी र आक्रमणलाई नेपालको इतिहासकै कालो अध्याय भनेका छन् ।
उनले भनेका छन्- ‘शान्तिपूर्ण प्रदर्शनलाई अपहरण गरेर सुनियोजित रुपले लोकतन्त्रमाथि आक्रमण गर्ने तत्वहरुको उद्देश्य बेग्लै थियो। उनीहरुले भोलिपल्ट राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, लोकतान्त्रिक पार्टीका कार्यालयहरु, शहीद र अग्रजहरुका स्मारक एवं सार्वजनिक र निजी सम्पत्तिमाथि जुन अनुपातको आगजनी, विध्वंश र आक्रमण गरे, नेपालको इतिहासकै त्यो कालो अध्याय थियो ।’
उनले भदौ २४ को घटना अघिल्लो दिन युवाको ज्यान गएको घटनाबाट उत्पन्न आवेग मात्र नभएको दाबी गर्दै यसको गहिरो छानबिन आवश्यक रहेको बताएका छन् ।
ओलीले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई दोषी देखाएर गिरफ्तारी तथा मुद्दा चलाउने प्रयास भएको आरोप लगाउँदै घटनामा सुरक्षा निकायको भूमिकासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।
भदौ २४ का विध्वंसका आरोपीलाई उन्मुक्ति दिने र अनुसन्धान तथा अभियोजन रोक्ने कामले राजनीतिमा अपराधीकरणलाई संस्थागत गरेको उनको आरोप छ । उनले प्रदर्शनका नाममा अराजकता र परिवर्तनका नाममा हिंसालाई वैध बनाउने प्रवृत्तिले नेपालको लोकतान्त्रिक अभ्यासमा दीर्घकालीन असर पार्ने चेतावनी दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
विशेष
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।