- प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा मङ्गलवार साँझ ५ बजेसम्म ११ अर्ब ९५ करोड १७ लाख रुपैयाँ मौज्दात रहेको छ ।
काठमाण्डौ, २४ भाद्र । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा मङ्गलवार साँझ ५ बजेसम्म ११ अर्ब ९५ करोड १७ लाख रुपैयाँ मौज्दात रहेको छ ।
अर्थ मन्त्रालयका अनुसार कोषका नौवटा रुपैयाँ खातामा ८ अर्ब ७६ करोड ६९ लाख रुपैयाँ र दुईवटा अमेरिकी डलर खातामा २ करोड ११ लाख ८ हजार ४७१ अमेरिकी डलर मौज्दात रहेको छ । अमेरिकी डलरलाई प्रति डलर १५० रुपैयाँ ८८ पैसाका दरले रूपान्तरण गर्दा कोषको कुल मौज्दात उक्त रकम पुगेको हो ।
रसुवा–भोटेकोशी बाढीपछि मात्रै कोषमा ७ अर्ब ६८ करोड ४४ लाख रुपैयाँ र २ करोड ५ लाख २२ हजार ४२३ अमेरिकी डलर सङ्कलन भएको छ । विपद्अघि कोषमा रहेको २ अर्ब ८ करोड २४ लाख रुपैयाँ यसमा समावेश गरिएको छैन । भदौ २३ गते मात्रै ३० करोड ६२ लाख रुपैयाँ र १ लाख १२ हजार ३२ अमेरिकी डलर सहयोग प्राप्त भएको मन्त्रालयले जनाएको छ ।
यसअघि भदौ १६ गते राहत तथा उद्धारका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई कोषबाट १ अर्ब रुपैयाँ हस्तान्तरण गरिएको थियो । प्रभावित परिवारलाई निरन्तर सहयोग गर्ने स्वदेश तथा विदेशका व्यक्ति र संस्थाप्रति अर्थ मन्त्रालयले आभार व्यक्त गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
विशेष
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।