- प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा मङ्गलवार साँझ ५ बजेसम्म ११ अर्ब ९५ करोड १७ लाख रुपैयाँ मौज्दात रहेको छ ।
काठमाण्डौ, २४ भाद्र । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा मङ्गलवार साँझ ५ बजेसम्म ११ अर्ब ९५ करोड १७ लाख रुपैयाँ मौज्दात रहेको छ ।
अर्थ मन्त्रालयका अनुसार कोषका नौवटा रुपैयाँ खातामा ८ अर्ब ७६ करोड ६९ लाख रुपैयाँ र दुईवटा अमेरिकी डलर खातामा २ करोड ११ लाख ८ हजार ४७१ अमेरिकी डलर मौज्दात रहेको छ । अमेरिकी डलरलाई प्रति डलर १५० रुपैयाँ ८८ पैसाका दरले रूपान्तरण गर्दा कोषको कुल मौज्दात उक्त रकम पुगेको हो ।
रसुवा–भोटेकोशी बाढीपछि मात्रै कोषमा ७ अर्ब ६८ करोड ४४ लाख रुपैयाँ र २ करोड ५ लाख २२ हजार ४२३ अमेरिकी डलर सङ्कलन भएको छ । विपद्अघि कोषमा रहेको २ अर्ब ८ करोड २४ लाख रुपैयाँ यसमा समावेश गरिएको छैन । भदौ २३ गते मात्रै ३० करोड ६२ लाख रुपैयाँ र १ लाख १२ हजार ३२ अमेरिकी डलर सहयोग प्राप्त भएको मन्त्रालयले जनाएको छ ।
यसअघि भदौ १६ गते राहत तथा उद्धारका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई कोषबाट १ अर्ब रुपैयाँ हस्तान्तरण गरिएको थियो । प्रभावित परिवारलाई निरन्तर सहयोग गर्ने स्वदेश तथा विदेशका व्यक्ति र संस्थाप्रति अर्थ मन्त्रालयले आभार व्यक्त गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
फिलिपिन्समा प्रशिक्षणका क्रममा दुई विमान ठोक्किँदा चार पाइलटको मृत्यु
-
फ्रान्समा फेरि प्रदर्शन हुँदै, ७० हजार सुरक्षाकर्मी परिचालन
-
क्यालिफोर्नियामा अर्बपतिमाथि पाँच प्रतिशत सम्पत्ति कर लगाउने प्रस्तावमा मतदान हुने
-
नेपालद्वारा चीनको तिब्बतमा गएको भूकम्पबाट भएको नोक्सानप्रति दुःख व्यक्त
-
विश्व विकास सूचना दिवस आज मनाइँदै
धेरै पढिएको
विशेष
आस्था, इतिहास र संस्कृतिको संगम : हुति गाउँको अनौठो हरिण जात्रा हरिणजात्रा !
हिमालको काख, महाकालीको तट र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको धार्मिक आस्थाको जगमा उभिएको एउटा अद्भुत सांस्कृतिक परम्परा हरिण जात्रा सुदुरको परिचय हो।