- Iran will not accept a temporary ceasefire
काठमाडौँ: इरानले अस्थायी युद्धविराम स्वीकार नगर्ने स्पष्ट गरेको छ । एक कूटनीतिक मञ्चमा इरानका उपविदेशमन्त्री सईद खातिबजादेहले आंशिक वा अस्थायी युद्धविराम स्वीकार्य नहुने बताएका हुन् ।
उनका अनुसार सम्पूर्ण क्षेत्रमा एकैपटक युद्ध अन्त्य हुनुपर्नेछ । लेबनानदेखि रेड सागर क्षेत्रसम्म स्थायी रूपमा द्वन्द्व अन्त्य भए मात्र कुनै पनि युद्धविराम मान्य हुने उनको भनाइ छ । उनले यसलाई इरानको ‘रेड लाइन’का रूपमा प्रस्तुत गरेका छन् ।
खातिबजादेहले होर्मुज जलडमरूमध्य ऐतिहासिक रूपमा सबैका लागि खुला रहँदै आएको उल्लेख गर्दै यसको प्रयोगमा कुनै अवरोध नरहेको बताए ।
यसैबीच इरानले अमेरिका र इजरायलमाथि क्षेत्रीय अस्थिरता बढाएको आरोप लगाएको छ । इरानका अनुसार यस अवस्थाले विश्व व्यापार र अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पारेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एमालेका पूर्व सांसद कोइरीलाई रिहा गर्न सर्वोच्चको आदेश
-
होर्मुज हुँदै चल्ने जहाजमा भारतीय नाविकको नयाँ नियुक्ति रोक्न भारत सरकारको निर्देशन
-
ब्राजिलमाथि अमेरिकाले लगायो २५ प्रतिशत अतिरिक्त भन्सार शुल्क
-
आन्दोलनरत मिटरव्याज पीडितहरुसँग वार्ता गर्न सरकारले बनायो समिति, के छन् माग ?
-
शिक्षामन्त्री पोखरेल र जापानी राजदूत तोरुबीच शिष्टाचार भेटवार्ता
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।