अमेरिकाको आरोप असत्य छ, इरानलाई सैन्य हतियार दिएका छैनौं- चीन
२ बैसाख, २०८३, बुधवार
- चीनको विदेश मन्त्रालयका प्रवक्ता जिन जियानले सञ्चारमाध्यममा आएका समाचारहरू मनगढन्ते रहेको बताएका छन् । चीनले हतियार निर्यातका विषयमा कडा नियम पालना गर्ने र कुनै पनि द्वन्द्वलाई प्रोत्साहन नगर्ने दाबी गरेको छ ।
काठमाडौँ: चीनले इरानलाई कुनै पनि सैन्य सहयोग नगरेको स्पष्ट पार्दै अमेरिकाका आरोपहरू पूर्ण रूपमा असत्य भएको जनाएको छ ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता जिन जियानले सञ्चारमाध्यममा आएका समाचारहरू मनगढन्ते रहेको बताएका छन् । चीनले हतियार निर्यातका विषयमा कडा नियम पालना गर्ने र कुनै पनि द्वन्द्वलाई प्रोत्साहन नगर्ने दाबी गरेको छ ।
अमेरिकाले चीनले इरानलाई क्षेप्यास्त्र वा हवाई सुरक्षा प्रणाली उपलब्ध गराउन सक्ने आशंका व्यक्त गरिरहेका बेला चीनको यस्तो प्रतिक्रिया आएको हो ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै देश, विशेषगरी चीन, इरानलाई सैन्य सहयोग गरेको पाइएमा त्यस्ता देशमाथि ५० प्रतिशतसम्म आयात शुल्क लगाउने चेतावनी दिएका छन् । चीनले पनि यसमा कडा प्रतिक्रिया दिदै अमेरिकाले यस्ता आरोपका आधारमा शुल्क बढाएमा आफूले पनि प्रतिकारात्मक कदम चाल्ने चेतावनी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।