- चार वर्षदेखि जारी रुस-युक्रेन युद्धबीच फेरि एकपटक नयाँ मोड आएको छ ।
काठमाण्डौ, २७ चैत्र । चार वर्षदेखि जारी रुस-युक्रेन युद्धबीच फेरि एकपटक नयाँ मोड आएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अचानक घोषणा गर्दै युक्रेनमा ३२ घण्टाका लागि अस्थायी युद्धविराम लागू गर्न आदेश दिएका छन् । यो निर्णय अर्थोडक्स इस्टर पर्वको अवसरमा लागू गरिने बताईएको छ ।
क्रेमलिनका अनुसार युद्धविराम शनिबार साँझ ४ बजेदेखि सुरु भई आइतबार रातिसम्म जारी रहनेछ । यस अवधिमा सबै मोर्चामा सैन्य गतिविधि रोक्न निर्देशन दिइएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले इस्टरको समयमा आक्रमण रोक्न आग्रह गरेपछि यस्तो कदम चालिएको जनाइएको छ । उनले विशेषगरी ऊर्जा संरचनामा आक्रमण नगर्न प्रस्ताव गरेका थिए, जुन अमेरिका मार्फत अघि बढाइएको थियो ।
रुसले घोषणा गरेको युद्धविराम युक्रेनको मागभन्दा केही व्यापक रहेको जनाएको छ । सबै दिशामा लडाइँ पूर्ण रूपमा रोक्न सैनिकलाई निर्देशन दिइएको भए पनि कुनै उक्साहट आएमा जवाफी कारबाही गर्न तयार रहन भनिएको छ । क्रेमलिनले युक्रेनले पनि यसलाई पालना गर्ने अपेक्षा व्यक्त गरेको छ ।
यसअघि पनि इस्टर वा अन्य पर्वका बेला यस्ता अस्थायी युद्धविराम घोषणा भएका थिए । गत वर्ष पनि करिब ३० घण्टाको युद्धविराम गरिएको थियो, तर छिट्टै उल्लंघन भएको भन्दै दुवै पक्षले एकअर्कालाई आरोप लगाएका थिए ।
पश्चिमी देशहरूको मध्यस्थतामा भइरहेका शान्ति प्रयासमा अहिलेसम्म ठोस प्रगति हुन सकेको छैन । अमेरिका र युक्रेनले ३० दिनको लामो युद्धविराम प्रस्ताव गरे पनि रुसले स्वीकार गरेको छैन । रुसले स्थायी समाधानका लागि समग्र द्वन्द्वको दीर्घकालीन समाधान आवश्यक रहेको बताउँदै आएको छ ।
हाल करिब ८ सय माइल लामो मोर्चामा युद्ध जारी छ र कुनै पक्षले निर्णायक अग्रता हासिल गर्न सकेको छैन ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सामुदायिक विद्यालयको पूर्वाधार विकासका लागि पहिलो चरणमा ८९ विद्यालय छनोट
-
बडादशैंको आज छैठौं दिन: कात्यायनी देवीको पूजाआराधना गरिँदै
-
विदेशी मुद्राको सटहीदर: २०८३ असोज ३० शुक्रबार
-
पूर्वराजा ज्ञानेन्द्रले भने- राजनीतिक, संवैधानिक र आर्थिक क्षेत्र अन्योलमा छन्
-
१३२ केभी चोभार सबस्टेसन निर्माण अन्तिम चरणमा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’