- आक्रमण बेरुत, बेक्का उपत्यका, माउन्ट लेबनान, सैदोन तथा दक्षिणी लेबनानका विभिन्न गाउँहरूमा गरिएको जनाइएको छ । यो घटना त्यही दिन भएको हो, जुन दिन अमेरिका–इजरायल र इरानबीच दुई साताका लागि युद्धविराम घोषणा गरिएको थियो ।
काठमाडौँ: लेबनानमा इजरायली आक्रमणका कारण एकै दिन २५४ जनाको मृत्यु भएको छ । बुधबार इजरायली सेनाले सयौँ क्षेप्यास्त्र प्रहार गर्दा ठूलो मानवीय क्षति भएको लेबनानको नागरिक सुरक्षा निकायले जनाएको छ ।
उक्त आक्रमणमा कम्तीमा ११६५ जना घाइते भएका छन् । घटनापछि देशभर राष्ट्रिय शोक घोषणा गरिएको छ ।
आक्रमण बेरुत, बेक्का उपत्यका, माउन्ट लेबनान, सैदोन तथा दक्षिणी लेबनानका विभिन्न गाउँहरूमा गरिएको जनाइएको छ । यो घटना त्यही दिन भएको हो, जुन दिन अमेरिका–इजरायल र इरानबीच दुई साताका लागि युद्धविराम घोषणा गरिएको थियो ।
इजरायली सेनाका अनुसार मार्च २ देखि सुरु गरिएको नयाँ सैन्य अभियानअन्तर्गत यो लेबनानमाथिको अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण हो । सेनाले १०० भन्दा बढी कमाण्ड केन्द्र र सैन्य अड्डालाई निशाना बनाएको दाबी गरेको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले लेबनान उक्त युद्धविरामको हिस्सा नभएको बताएका छन् । तर मध्यस्थकर्ताको भूमिकामा रहेको पाकिस्तानले भने सो युद्धविराममा लेबनान पनि समावेश रहेको दाबी गरेको छ । अर्कोतर्फ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनान उक्त सहमतिभन्दा बाहिर रहेको बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
पूर्वराजा ज्ञानेन्द्रले भने- राजनीतिक, संवैधानिक र आर्थिक क्षेत्र अन्योलमा छन्
-
१३२ केभी चोभार सबस्टेसन निर्माण अन्तिम चरणमा
-
परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानी राजदूतबीच भेटवार्ता
-
नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ७१ करोडको कारोबार
-
विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब पुग्यो, १८७ अर्बको शोधनान्तर बचत
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’