ट्रम्पको दाबि अस्वीकार गर्दै इरानले भन्यो- अमेरिकाका दुई हेलिकप्टर खसाल्यौं
२२ चैत्र, २०८२, आइतवार
- यसअघि ट्रम्पले अमेरिकी सेनाले दर्जनौँ हतियारसहितका विमान परिचालन गरी पाइलटलाई सुरक्षित बाहिर निकालेको बताएका थिए । उनका अनुसार पाइलट घाइते भए पनि खतरा बाहिर रहेको उल्लेख गरिएको थियो ।
काठमाडौँ: इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको अमेरिकी पाइलटको सफल उद्धारको दाबी अस्वीकार गरेको छ । इरानी सञ्चारमाध्यमहरूले उद्धार अभियान असफल भएको र अमेरिकी विमान तथा हेलिकप्टर खसालिएको दाबी गरेका छन् ।
यसअघि ट्रम्पले अमेरिकी सेनाले दर्जनौँ हतियारसहितका विमान परिचालन गरी पाइलटलाई सुरक्षित बाहिर निकालेको बताएका थिए । उनका अनुसार पाइलट घाइते भए पनि खतरा बाहिर रहेको उल्लेख गरिएको थियो ।
तर इरानको तस्नीम समाचार संस्थाले इस्फहानको दक्षिणी क्षेत्रमा अमेरिकी उद्धार अभियानलाई निशाना बनाइएको जनाएको छ । सो रिपोर्टमा दुईवटा ब्ल्याक हक हेलिकप्टर र एक सी–१३० ढुवानी विमान खसालिएको दाबी गरिएको छ ।
इरानी पक्षले केही भिडियो र तस्वीर सार्वजनिक गर्दै ती विमानहरूको अवशेष देखाइएको दाबी गरेको छ। साथै ट्रम्पले आफ्नो असफलता लुकाउन सफल उद्धारको दाबी गरेको आरोप पनि लगाइएको छ ।
यद्यपि, यी दाबीहरू स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन्। अमेरिकी सेनाको तर्फबाट पनि यस विषयमा अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।