अमेरिकी आर्मी प्रमुखसहित वरिष्ठ सैनिक अधिकारी बर्खास्त

२०८२ चैत्र २० शुक्रवार
सारांश
  • अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले दुई वरिष्ठ सैनिक अधिकारीलाई पदबाट हटाउने निर्णय गरेका छन् ।

काठमाण्डौ, २० चैत्र । अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले दुई वरिष्ठ सैनिक अधिकारीलाई पदबाट हटाउने निर्णय गरेका छन् । यसअघि आर्मी प्रमुख जनरल र्‍यान्डी जर्जलाई हटाएपछि थप अधिकारीलाई पनि हटाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

 

रिपोर्ट अनुसार आर्मीको रूपान्तरण तथा तालिम कमान्डका प्रमुख जनरल डेभिड होड्ने र आर्मीको च्याप्लिन समूहका प्रमुख मेजर जनरल विलियम ग्रीन जुनियरलाई पदमुक्त गरिएको हो ।

 

यसैबीच अमेरिकी नौसेनाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस जेराल्ड आर फोर्ड पुनः समुद्रमा फर्किएको छ । अमेरिकी छैटौं बेडाको वक्तव्यअनुसार उक्त जहाज अब पूर्ण रूपमा अभियानका लागि तयार अवस्थामा रहेको छ ।

 

उक्त युद्धपोत क्रोएसियाको स्प्लिट बन्दरगाहबाट प्रस्थान गरी आवश्यक परे जुनसुकै क्षेत्रमा परिचालन हुन सक्ने बताइएको छ । गत मार्च १२ मा लाल सागर क्षेत्रमा परिचालनकै क्रममा जहाजको कपडा धुने भागमा आगलागी भएको थियो ।

 

अमेरिकी नौसेनाका वरिष्ठ अधिकारी डेरिल कडलले जहाजका कर्मचारीको प्रशंसा गर्दै छिट्टै आगो नियन्त्रणमा लिएको र दुई दिनभित्रै पुनः सञ्चालन सुरु गरिएको बताएका छन् ।

 

आगलागीपछि करिब एक सातापछि उक्त युद्धपोतलाई इरानविरुद्धको कारबाहीबाट फिर्ता बोलाएर मर्मतका लागि ग्रीस पठाइएको थियो । त्यहाँ जहाजका आवासीय भागहरूको मर्मतसम्भार गरिएको जनाइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार