- इरानका विदेशमन्त्री अब्बास अराघचीले आवश्यक परे ६ महिनासम्म संघर्ष जारी राख्न सक्ने बताएका छन् ।
एजेन्सी, १८ चैत्र । इरानले अमेरिका र इजरायलसँग लामो युद्धका लागि तयार रहेको स्पष्ट गरेको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले आवश्यक परे ६ महिनासम्म संघर्ष जारी राख्न सक्ने बताएका छन् ।
रसियन च्यानल आरटीसँग कुरा गर्दै उनले देशले लामो समयसम्म युद्ध लड्न सक्ने गरी तयारी गरिसकेको बताउँदै परिस्थिति अनुसार लडाइँ अघि बढ्ने स्पष्ट पारेक छन् । उनले भनेका छन्- 'राष्ट्रको सुरक्षा र सार्वभौमिकता सबैभन्दा माथि हो, त्यसको रक्षा गर्न कुनै पनि हदसम्म जान तयार छौँ ।'
अराघचीले अमेरिकालाई कडा चेतावनी दिँदै जमीनी आक्रमण भए इरान पूर्ण रूपमा तयार रहेको समेत बताएका छन् । उनले भने- 'हामी उनीहरूको प्रतीक्षामा छौँ ।'
इरानले आफैं जमीनी युद्ध चाहेको नभए पनि यदि यस्तो अवस्था आएमा त्यसको कडा जवाफ दिने उनले जनाए । उनका अनुसार अमेरिकी जमीनी आक्रमणको कुनै डर नरहेको र कुनै पनि परिस्थितिको सामना गर्न इरान सक्षम रहेको दाबी गरिएको छ ।
यसबीच इरानले अमेरिका र इजरायल माथि तेहरानस्थित औषधि उद्योगमा आक्रमण गरेको आरोप लगाएको छ । उक्त आक्रमणमा 'तोफिघ दारु' नामक औषधि कारखाना लक्षित भएको इरानको भनाइ छ ।
इरानी अधिकारीहरूका अनुसार उक्त कारखाना अस्पताल र शल्यक्रियामा प्रयोग हुने औषधिको कच्चा पदार्थ उत्पादन गर्ने महत्वपूर्ण केन्द्र थियो । आक्रमणका कारण देशको स्वास्थ्य आपूर्ति प्रणालीमा गम्भीर असर पर्ने चेतावनी दिइएको छ ।
इरानको स्वास्थ्य मन्त्रालयले उत्पादन र अनुसन्धान इकाइमा ठूलो क्षति पुगेको जनाएको छ भने विदेश मन्त्रालयले यसलाई युद्ध अपराधको संज्ञा दिएको छ ।
उता इजरायलले भने आफूले रासायनिक गतिविधिसँग जोडिएको अनुसन्धान केन्द्रमा आक्रमण गरेको दाबी गरेको छ । तर यसको समर्थनमा ठोस प्रमाण सार्वजनिक गरिएको छैन ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’