लेबनानमा भएको आक्रमणमा इन्डोनेशियाका राष्ट्र संघीय तीन शान्ति सैनिकको मृत्यु

२०८२ चैत्र १७ मङ्गलवार
सारांश
  • इन्डोनेशियाका विदेश मन्त्री सुगियोनोले घटनालाई जघन्य अपराध भन्दै दोषीमाथि कडा कारबाही हुनुपर्ने बताएका छन् ।

काठमाडौँ: लेबनानमा संयुक्त राष्ट्र संघका शान्ति सैनिकमाथि भएको आक्रमणमा तीन शान्ति सैनिकको मृत्यु भएको छ । उक्त घटनामा तीन जना इन्डोनेशियाली सैनिकको ज्यान गएको हो । सो घटनाको इन्डोनेशियाले कडा निन्दा गरेको छ । 

 

इन्डोनेशियाका विदेश मन्त्री सुगियोनोले घटनालाई जघन्य अपराध भन्दै दोषीमाथि कडा कारबाही हुनुपर्ने बताएका छन् । उनले संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेससँग कुराकानी गर्दै घटनाको छिटो, निष्पक्ष र पारदर्शी छानबिन गर्न माग गरेका छन् ।

 

इन्डोनेशियाले फ्रान्सको पहलमा बोलाइएको संयुक्त राष्ट्र सुरक्षा परिषदको आपतकालीन बैठकलाई पनि समर्थन जनाएको छ ।

 

संयुक्त राष्ट्रका अनुसार दुई सैनिकको मृत्यु सामग्री ढुवानी गरिरहेको काफिलामाथि भएको विस्फोटमा भएको हो भने अर्का एक सैनिकको मृत्यु शान्ति मिसनको आधार शिविरभित्र भएको विस्फोटमा भएको बताइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार