- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेतासँग मोजतबा खामेनीको मृत्यु आफूले नचाहेको बताएका छन् ।
काठमाण्डौ, १० चैत्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेतासँग मोजतबा खामेनीको मृत्यु आफूले नचाहेको बताएका छन् ।
फ्लोरिडामा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले मोजतबा जीवित छन् कि छैनन् भन्ने आफूलाई थाहा नभएको पनि उल्लेख गर्दै आफुले मोजतबाको मृत्यु नचाहेको बताएका हुन् ।
उनले इरानमा सत्तापरिवर्तन सम्भव रहेको संकेत गर्दै यस विषयमा एक विशेष व्यक्तिसँग संवाद भइरहेको बताए । ट्रम्पका अनुसार अमेरिका इरानमा नयाँ राजनीतिक व्यवस्थाका विकल्पहरूबारे काम गरिरहेको छ । उनले नयाँ नेतृत्व ल्याउने वा संयुक्त नेतृत्वको मोडल अपनाउने विकल्पबारे पनि चर्चा भइरहेको बताएका छन् ।
उनले इरान वार्ताका लागि तयार रहेको दाबी गर्दै केही दिनमै सम्झौता हुन सक्ने समेत दाबी गरेका छन् । सम्भावित सहमतिअनुसार होर्मुज जलडमरु संयुक्त रूपमा सञ्चालन गर्ने र इरानको प्रशोधित युरेनियम अमेरिकाले नियन्त्रणमा लिने प्रस्तावसमेत अघि सारिएको उनले बताएका छन् ।
यद्यपि, पछि उनले आफ्नो भनाइ सच्याउँदै इरानका एक अधिकारीसँग मात्रै संवाद भइरहेको स्पष्ट पारे । उनले इरानलाई पूर्ण रूपमा ध्वस्त पार्नु क्षेत्रीय स्थायित्वका लागि उचित नहुने पनि बताए ।
यसैबीच ट्रम्पको अघिल्लो कडा अभिव्यक्तिपछि वार्तातर्फको झुकावका विभिन्न कारणहरू पनि सार्वजनिक भएका छन् । अमेरिकी सैन्य खर्चको दबाब, इरानद्वारा गरिएको आक्रमण, अन्तर्राष्ट्रिय समर्थनको कमी, ऊर्जा संकट, विश्व बजारमा असर तथा आन्तरिक राजनीतिक दबाबलाई यसको प्रमुख कारणका रूपमा हेरिएको छ ।
यसैबीच इरानले भने ट्रम्पका सबै दाबिलाई खारेज गरेको छ । इरानको विदेश मन्त्रालयले भने कुनै किसिमको वार्ता नभएको र ट्रम्पले तेलको मुल्य घटाउन झुटो बोलेको आरोप लगाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भोटेकोशी बाढी: ७५२ जनाको शव फेला, २५०२ सम्पर्कविहिन
-
त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम भइरहेको छ : नेपाली सेना
-
धादिङको चरौदी–घ्यालचोक झोलुङ्गे पुल बगायो
-
विपदमा सरकारलाई साथ दिन्छौं, केन्द्रले प्रदेश र स्थानीय तहसँग समन्वय गरोस्- गगन थापा
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।