ट्रम्प भन्छन्- इरानसँग वार्ता सकारात्मक, उर्जा केन्द्रको सैन्य आक्रमण पाँच दिनका लागि स्थगित
९ चैत्र, २०८२, सोमवार
- सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले पछिल्ला दुई दिनमा भएको वार्ता निकै उपयोगी र रचनात्मक रहेको उल्लेख गर्दै उर्जा केन्द्रमा गर्ने आक्रमण पाँच दिनका लागि स्थगित गरेको बताएका हुन् । मध्यपूर्वमा जारी तनाव समाधानतर्फ वार्ता अगाडि बढेको उनले दाबी गरेका छन् ।
काठमाडौँ: अमेरिका र इरानबीच हालै भएको वार्ता सकारात्मक रहेको जनाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि हुने भनिएको उर्जा केन्द्रको सैन्य आक्रमण पाँच दिनका लागि स्थगित गरेका छन् ।
सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले पछिल्ला दुई दिनमा भएको वार्ता निकै उपयोगी र रचनात्मक रहेको उल्लेख गर्दै उर्जा केन्द्रमा गर्ने आक्रमण पाँच दिनका लागि स्थगित गरेको बताएका हुन् । मध्यपूर्वमा जारी तनाव समाधानतर्फ वार्ता अगाडि बढेको उनले दाबी गरेका छन् ।
उनले भनेका छन्- 'म यो जानकारी गराउन चाहन्छु, संयुक्त राज्य अमेरिका र इरानले पछिल्ला दुई दिनमा पूर्ण समाधानको बारेमा धेरै राम्रो र उत्पादक कुराकानी गरेका छन् । यी मध्ये गहन, विस्तृत र रचनात्मक कुराकानीहरूको आधारमा, हप्ताभरि जारी रहनेछ, मैले युद्ध विभागलाई इरानी पावर प्लान्टहरू र ऊर्जा पूर्वाधार विरुद्धको कुनै पनि सैन्य आक्रमण पाँच दिनको अवधिको लागि स्थगित गर्न निर्देशन दिएको छु ।'
ट्रम्पका अनुसार यी छलफलहरू यसै साता पनि जारी रहनेछन् । वार्ताको वातावरण सकारात्मक देखिएकाले इरानका ऊर्जा केन्द्र र पूर्वाधारमाथि हुने भनिएको सबै सैन्य कारबाही पाँच दिनका लागि रोकिएको हो ।
यसअघि ट्रम्पले होर्मुज जलडमरु नखुलेमा इरानका ऊर्जा संरचनामा आक्रमण गर्ने चेतावनी दिएका थिए । यद्यपि, केही दिनअघि मात्र उनले इरानसँग युद्धविराममा जान इच्छुक नरहेको बताएका थिए । अहिले भने वार्तामार्फत समाधान खोज्ने संकेत देखिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।