ट्रम्पको घोषणापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्य घट्यो
९ चैत्र, २०८२, सोमवार
- रिपोर्टका अनुसार ब्रेन्ट कच्चा तेलको मूल्य करिब १३ देखि १५ प्रतिशतसम्म घटेर प्रति ब्यारेल ९६ डलरमा झरेको छ । त्यस्तै, अमेरिकी कच्चा तेलको मूल्य पनि झण्डै १३. ५ प्रतिशतले घटेर प्रति ब्यारेल ८५. २८ डलरमा पुगेको छ। यसअघि तेलको मूल्य १०० डलरभन्दा माथि पुगेको थियो ।
काठमाडौँ: इरानका उर्जा केन्द्रमा अमेरिकाले गर्ने भनिएको सैन्य आक्रमण पाँच दिन स्थगित गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा घटेको छ ।
रिपोर्टका अनुसार ब्रेन्ट कच्चा तेलको मूल्य करिब १३ देखि १५ प्रतिशतसम्म घटेर प्रति ब्यारेल ९६ डलरमा झरेको छ । त्यस्तै, अमेरिकी कच्चा तेलको मूल्य पनि झण्डै १३. ५ प्रतिशतले घटेर प्रति ब्यारेल ८५. २८ डलरमा पुगेको छ। यसअघि तेलको मूल्य १०० डलरभन्दा माथि पुगेको थियो ।
यसैबीच, इरानी सञ्चारमाध्यमहरूले ट्रम्पसँग कुनै पनि प्रकारको वार्ता नभएको दाबी गरेका छन् । इरानी समाचार एजेन्सी फार्सले इरानले चेतावनी दिएपछि अमेरिका पछि हटेको उल्लेख गरेको र कुनै किसिमको प्रत्यक्ष वार्ता नभएको उल्लेख गरेको छ ।
उक्त रिपोर्टअनुसार इरानले आफ्ना ऊर्जा केन्द्रमा आक्रमण भएमा कडा जवाफी कारबाही गर्ने चेतावनी दिएको थियो । तर ट्रम्पले भने वार्ता सकारात्मक भएको दाबी गर्दै उर्जा केन्द्रमा आक्रमण गर्ने योजना पाँच दिन स्थगित गरेको घोषणा गरेका थिए ।
यद्यपि, यी दाबीहरूको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।