- ईरानले अमेरिकालाई सैन्य अड्डा प्रयोग गर्न दिए आक्रमणमा सहभागी मानिने भन्दै बेलायतलाई चेतावनी दिएको छ ।
एजेन्सी, ०६ चैत्र । ईरानले अमेरिकालाई सैन्य अड्डा प्रयोग गर्न दिए आक्रमणमा सहभागी मानिने भन्दै बेलायतलाई चेतावनी दिएको छ ।
ईरानका विदेशमन्त्री अब्बास अराघचीले बेलायतकी विदेशमन्त्री इभेट कूपरसँग टेलिफोन वार्ताका क्रममा यस्तो चेतावनी दिएका हुन् । उनले बेलायतले अमेरिकाालाई आफ्ना सैन्य अड्डा प्रयोग गर्न अनुमति दिए त्यसलाई ईरानविरुद्धको आक्रमणमा प्रत्यक्ष सहभागिता मानिने बताएका छन् ।
अराघचीले अमेरिका र इजरायलले अन्तर्राष्ट्रिय नियम र सिद्धान्त विपरीत ईरानमाथि आक्रमण गरेको आरोप लगाए । साथै उनले बेलायतसहित केही युरोपेली देशहरूको धारणा पक्षपाती रहेको टिप्पणी गरे ।
संयुक्त राष्ट्रसंघको बडापत्रको धारा ५१ उल्लेख गर्दै उनले ईरानलाई आत्मरक्षाको अधिकार रहेको बताए । उनका अनुसार ईरानले छिमेकी देशहरूको सार्वभौमिकताको सम्मान गर्दै आएको छ र उनीहरूमाथि आक्रमण गर्ने कुनै उद्देश्य नरहेको स्पष्ट पारे ।
तर ती देशहरूमा रहेका अमेरिकी सैन्य अड्डाबाट ईरानमाथि आक्रमण भइरहेको भन्दै उनले त्यसप्रति आपत्ति जनाएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
-
नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’