साथ नदिए नाटो कमजोर हुने ट्रम्पको चेतावनी

२०८२ चैत्र ०२ सोमवार
सारांश
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सम्बन्धी विषयमा सहयोगी देशहरूले साथ नदिए नाटोको भविष्य कमजोर हुन सक्ने चेतावनी दिएका छन् ।

एजेन्सी, ०२ चैत्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सम्बन्धी विषयमा सहयोगी देशहरूले साथ नदिए नाटोको भविष्य कमजोर हुन सक्ने चेतावनी दिएका छन् ।

 

फाइनान्सियल टाइम्सलाई दिएको अन्तर्वार्तामा ट्रम्पले हर्मुज जलडमरु सुरक्षित र खुला राख्न सहयोगी देशहरूले सहयोग नगरे स्थिति गम्भीर बन्न सक्ने बताएका हुन् । ट्रम्पले अमेरिकाले लामो समयदेखि आफ्ना सहयोगी देशहरूको पक्षमा उभिँदै आएको तर उनीहरू सधैँ अमेरिकाका लागि उभिन्छन् भन्ने निश्चित नभएको बताए ।

 

उनले युक्रेन अमेरिकाबाट हजारौँ किलोमिटर टाढा भए पनि अमेरिकाले सहयोग गरेको उल्लेख गर्दै अब सहयोगी देशहरूले पनि अमेरिकालाई साथ दिन्छन् कि दिँदैनन् भन्ने हेर्नुपर्ने बताएका छन् ।

 

ट्रम्पले बेलायतप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन् । अमेरिकाको पुरानो र प्रमुख सहयोगी मानिने बेलायतले आवश्यक समयमा सहयोग नगरेको उनको आरोप छ । अमेरिकाले इरानको क्षमता धेरै हदसम्म कमजोर बनाइसकेपछि मात्रै बेलायतले दुई युद्धपोत पठाउने कुरा गरेको उनले बताए ।

 

ट्रम्पले चीनले पनि हर्मुज जलडमरु खुला राख्न सहयोग नगरे यसै महिनाको अन्त्यतिर चिनियाँ राष्ट्रपति सी जीङपीङसँग हुने शिखर भेटवार्ता स्थगित गर्न सक्ने संकेत दिएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार