जापान र अस्ट्रेलियाले होर्मुजको रक्षाका लागि युद्धपोत नपठाउने

२०८२ चैत्र ०२ सोमवार
सारांश
  • जापानले होर्मुज जलडमरूमध्य हुँदै जाने तेल बोकेका जहाजको सुरक्षाका लागि युद्धपोत पठाउने योजना अहिले नरहेको स्पष्ट गरेको छ ।

काठमाण्डौ, ०२ चैत्र । जापानले होर्मुज जलडमरूमध्य हुँदै जाने तेल बोकेका जहाजको सुरक्षाका लागि युद्धपोत पठाउने योजना अहिले नरहेको स्पष्ट गरेको छ ।

 

जापानकी प्रधानमन्त्री सना ताकाइचीले संसदमा बोल्दै आफ्नो देशले ती जहाजको सुरक्षा गर्न नौसैनिक बल पठाउने निर्णय नगरेको स्पष्ट पारेकी हुन् । उनले यसबारे अझै निर्णय नभएको र आफ्नो देशले कानुनी व्यवस्था भित्र रहेर के गर्न सक्छ भन्ने विषयमा अध्ययन गरिरहेको संसदमा बताएकी छिन् ।

 

उनले भनेकी छन्- 'सुरक्षाका लागि साथ दिने जहाज पठाउने विषयमा कुनै निर्णय गरिएको छैन । जापानले आफ्नै स्तरमा के सम्भव छ भन्नेबारे हामी मूल्याङ्कन गरिरहेका छौँ ।'

 

यसैबीच अस्ट्रेलियाले पनि होर्मुज जलडमरूमध्यमा युद्धपोत नपठाउने स्पष्ट पारेको छ । यो प्रतिक्रिया अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त समुद्री मार्ग खुला राख्न सहयोगी देशहरूसँग सहयोग मागेपछि आएको हो ।

 

अस्ट्रेलियाकी यातायात मन्त्री क्याथरिन किङले एक रेडियो अन्तर्वार्तामा बोल्दै आफ्नो देशले युद्धपोत नपठाउने बताएकी हुन् । उनले त्यस क्षेत्रका आफ्ना नागरिकलाई ध्यानमा राख्दै युएईलाई सहयोग गर्न विमान उपलब्ध गराइँदै गरेको जानकारी दिइन् ।

 

उनले भनिन्- 'हामी होर्मुज जलडमरूमध्यमा कुनै जहाज पठाउने छैनौँ । यसको महत्व हामीलाई थाहा छ, तर यसका लागि हामीसँग आग्रह गरिएको छैन र हामी त्यस्तो योजनामा सहभागी पनि छैनौँ ।'

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार