युएइमा इरानको लगातार आक्रमण: अबुधाबीमा एक जनाको मृत्यु

२०८२ चैत्र ०२ सोमवार
सारांश
  • युक्त अरब इमिरेट्स (युएई) को अबु धाबीमा इरानले प्रहार गरेको क्षेप्यास्त्र खस्दा एक जनाको मृत्यु भएको छ ।

काठमाण्डौ, ०२ चैत्र । संयुक्त अरब इमिरेट्स (युएई) को अबु धाबीमा इरानले प्रहार गरेको क्षेप्यास्त्र खस्दा एक जनाको मृत्यु भएको छ ।

 

अबु धाबी सञ्चार कार्यालयका अनुसार अल बहयान क्षेत्रमा एउटा गाडीमाथि क्षेप्यास्त्र खसेको हो । घटनामा एक जनाको ज्यान गएको र मृतक प्यालेस्टिनी नागरिक रहेको पहिचान भएको जनाइएको छ ।

 

घटनापछि सम्बन्धित निकायले अवस्था बुझ्ने र आवश्यक अनुसन्धान गर्ने काम सुरु गरेको बताएका छन् ।

 

यसैबीच दुबईमा सोमबार बिहान अन्तर्राष्ट्रिय विमानस्थल नजिक आगलागी भएको देखिएको छ । त्यहाँ इन्धन भण्डारण गरिएको ट्याङ्कीलाई निशाना बनाइएको बताइएको छ, जसका कारण आकाशमा धुवाँको ठूलो मुस्लो उठेको देखिएको थियो ।

 

युएईको रक्षा मन्त्रालयले हाल देशको हवाई सुरक्षा प्रणालीले इरानतर्फबाट आउने क्षेप्यास्त्र र चालकविहीन उड्ने साधनको सम्भावित जोखिम सामना गरिरहेको जनाएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार