युद्ध अन्त्य हुने स्पष्ट ग्यारेन्टी भएमा वार्ताका लागि तयार छौं- इरानी विदेशमन्त्री अराघची
२०८२ चैत्र ०१ आइतवार
- इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य हुने स्पष्ट ग्यारेन्टी भएमा वार्ताका लागि तयार रहेको जनाएको छ ।
एजेन्सी, ०१ चैत्र । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य हुने स्पष्ट ग्यारेन्टी भएमा वार्ताका लागि तयार रहेको जनाएको छ ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले युद्ध अन्त्य हुने सुनिश्चितता दिन सक्ने कुनै पनि त्यस्तो प्रस्ताव वा पहललाई स्वागत गरिने बताएका हुन् ।
यसैबीच खाडी क्षेत्रका देशहरूले आफ्नो भूभागमा भइरहेका आक्रमण रोक्न इरानसँग माग गरेका छन् । ती देशहरूको भनाइमा आक्रमणका कारण अमेरिकी सैनिक चौकी मात्र होइन ऊर्जा संरचना र आवासीय क्षेत्र पनि प्रभावित भएका छन् ।
तर विदेशमन्त्री अराघचीले इरानले मध्यपूर्व क्षेत्रमा कुनै पनि सर्वसाधारण वा आवासीय स्थानलाई निशाना नबनाएको दाबी गरेका छन् । यदि यस्तो गुनासो आएको खण्डमा छानबिनका लागि छिमेकी देशहरूसँग मिलेर संयुक्त समिति बनाउन इरान तयार रहेको उनले बताएका छन् ।
उनले दिएको इरान खाडी क्षेत्रका देशहरूसँग निरन्तर सम्पर्कमा रहेको पनि बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम भइरहेको छ : नेपाली सेना
-
धादिङको चरौदी–घ्यालचोक झोलुङ्गे पुल बगायो
-
विपदमा सरकारलाई साथ दिन्छौं, केन्द्रले प्रदेश र स्थानीय तहसँग समन्वय गरोस्- गगन थापा
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।