तेहरानमा इन्धन भण्डारण केन्द्रमा इजरायलको आक्रमण

२०८२ फाल्गुण २४ आइतवार
सारांश
  • इजरायली सेनाले इरानी सरकारले यी इन्धन भण्डारण केन्द्रहरूलाई सैनिक संरचना सञ्चालन गर्न प्रत्यक्ष र निरन्तर रूपमा प्रयोग गरिरहेको दाबी गरेको छ ।

एजेन्सी, २४ फाल्गुण । इरानको राजधानी तेहरानमा रहेका इन्धन भण्डारण केन्द्रहरूमा इजरायलले आक्रमण गरेको छ । इजरायली सेनाले तेहरानमा रहेका धेरै इन्धन भण्डारण परिसरलाई लक्षित गरेर आक्रमण गरिएको जनाएको हो ।

 

इजरायली सेनाले इरानी सरकारले यी इन्धन भण्डारण केन्द्रहरूलाई सैनिक संरचना सञ्चालन गर्न प्रत्यक्ष र निरन्तर रूपमा प्रयोग गरिरहेको दाबी गरेको छ ।

 

यसअघि इरानको फार्स समाचार संस्थाले पनि तेहरानमा रहेको एक तेल भण्डारण केन्द्रलाई निशाना बनाइएको खबर सार्वजनिक गरेको थियो ।

 

यसैबीच, सामाजिक सञ्जालमा सार्वजनिक गरिएको एक भिडियोको पुष्टि गरिएको छ । उक्त भिडियोमा तेहरानको आकाशमा ठूलो आगोको लप्का उठिरहेको देखिन्छ । तर अहिलेसम्म यस आक्रमणमा कसैको ज्यान गएको छ वा छैन भन्ने विषय स्पष्ट भइसकेको छैन ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार