अबूधाबीमा ड्रोनको भग्नावशेष खसेर नेपालीसहित ६ जना घाइते

२०८२ फाल्गुण २१ विहीवार
सारांश
  • संयुक्त अरब इमिरेट्स (युएई) को अबूधाबीमा ड्रोन खसालिएपछि खसेको भग्नावशेष लागेर एक नेपालीसहित छ जना घाइते भएका छन् ।

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) को अबूधाबीमा ड्रोन खसालिएपछि खसेको भग्नावशेष लागेर एक नेपालीसहित छ जना घाइते भएका छन् ।

 

अबूधाबीको सञ्चार कार्यालयका अनुसार हवाई प्रतिरक्षा प्रणालीले ड्रोनलाई आकाशमै रोकेको थियो । तर त्यसपछि ड्रोनका भग्नावशेष क्षेत्रका दुई स्थानमा खसेका थिए । ती भग्नावशेष लागेर छ जना घाइते भएका जनाइएको छ । घाइते हुनेहरू पाकिस्तान र नेपालका नागरिक रहेको बताइएको छ ।

 

घाइते सबैलाई सामान्य चोट लागेको र उपचारपछि अवस्था सामान्य रहेको सञ्चार कार्यालय जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार