- अमेरिका र इसराइलले केही घण्टा अघि प्राप्त गोप्य सूचनाको आधारमा मौका छोपेर आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
एजेन्सी, १८ फाल्गुण । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको ज्यान जाने गरी भएको आक्रमण मध्यरातमा नभई दिनमै गरिएको खुलासा भएको छ । अमेरिका र इसराइलले केही घण्टा अघि प्राप्त गोप्य सूचनाको आधारमा मौका छोपेर आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
महिनौँदेखि खामेनीको गतिविधि निगरानीमा राखिएको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै उन्नत अनुगमन प्रणालीबाट उनी बच्न नसकेको दाबी गरेका थिए ।
न्यूयोर्क टाइम्सका अनुसार आक्रमणअघि प्राप्त गोप्य सूचना अमेरिकी गुप्तचर निकाय सिआईएबाट आएको थियो र सो जानकारी इसराइलसँग साझा गरिएको थियो ।
शनिबार बिहान तेहरानको एक सुरक्षित परिसरमा खामेनीसहित उच्च सैनिक तथा गुप्तचर अधिकारीहरू उपस्थित हुने जानकारी पाएपछि आक्रमण योजना बनाइएको बताइएको बताइएको । स्थानीय समयअनुसार बिहान करिब ९: ४० बजे इसराइली लडाकु विमानले उक्त क्षेत्रमा करिब ३० बम खसालेको खबर छ । खामेनी सुरक्षाका लागि भूमिगत शरणस्थलमा रहेको अनुमान गरिएको थियो, त्यसैले गहिरो लक्ष्य भेद्न धेरै हतियार प्रयोग गरिएको जनाइएको छ ।
यसै क्रममा इरानका राष्ट्रपति मसूद पेजेशकियनको कार्यालय आसपास पनि आक्रमण भएको थियो । उनले आफू सुरक्षित गरेको बताएका छन् ।
इसराइलले आक्रमणमा इरानका सात उच्च रक्षा अधिकारी मारिएको दाबी गरेको छ । मृतकमा रक्षा परिषद्का सचिव अली शामखानी, रक्षामन्त्री ब्रिगेडियर जनरल अजीज नसिरजादेह र इस्लामिक रिभोल्युसनरी गार्ड क्रोप्सका कमाण्डर जनरल मोहम्मद पाकपोर समेत रहेको बताइएको छ ।
हमलाको समयमा ट्रम्प फ्लोरिडास्थित मार ए लागो रिसोर्टमा आफ्ना वरिष्ठ अधिकारीहरूसँग अवस्थाको निगरानी गरिरहेका थिए । खामेनीको मृत्यु पुष्टि हुन भने केही घण्टा लागेको थियो ।
इरानले सम्भावित परिस्थितिलाई ध्यानमा राख्दै शीर्ष नेतृत्वको उत्तराधिकार योजना पहिले नै तयार गरेको खबर पनि बाहिर आएको छ । यस घटनाले क्षेत्रीय तनाव झन् बढ्ने अनुमान गरिएको छ, तर यसले समग्र द्वन्द्वमा कस्तो असर पार्नेछ भन्ने अझै स्पष्ट छैन ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानी राजदूतबीच भेटवार्ता
-
नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ७१ करोडको कारोबार
-
विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब पुग्यो, १८७ अर्बको शोधनान्तर बचत
-
दुई महिनामा निर्यात ६१.९ प्रतिशत बढ्यो, व्यापार घाटा ३ खर्ब २४ अर्ब
-
दुई महिनामा ४ खर्ब ३६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’