तेल तथा ग्यास सम्झौता स्थगित गर्दै भेनेजुएला सरकार
२०८२ फाल्गुण १५ शुक्रवार
- भेनेजुएलाले निजी कम्पनीसँग भएका १९ वटा तेल तथा ग्यास उत्पादन साझेदारी सम्झौता स्थगित गरेको छ ।
काठमाण्डौ, १५ फाल्गुण । भेनेजुएलाले निजी कम्पनीसँग भएका १९ वटा तेल तथा ग्यास उत्पादन साझेदारी सम्झौता स्थगित गरेको छ । ती सम्झौताहरू पूर्व राष्ट्रपति निकोलस मादुरोको कार्यकालमा गरिएको बताइएको छ ।
सञ्चार माध्यमका अनुसार सम्झौताहरूको वैधता र सम्बन्धित कम्पनीहरूको पृष्ठभूमिबारे समीक्षा प्रक्रिया सुरु गरिएको छ । यद्यपि सम्झौता स्थगित गरिए पनि हालसम्म देशको तेल तथा ग्यास उत्पादनमा कुनै असर परेको छैन । सरकारी नियन्त्रणमा रहेको तेल कम्पनीले सम्बन्धित आयोजनाबाट उत्पादन भएको कच्चा तेलको बिक्री भने निरन्तर जारी राखेको छ ।
हाल भेनेजुएला र अमेरिका दुवै पक्षले सम्झौताका सर्तहरू पुनरावलोकन गरिरहेका छन् भने केही सम्झौता रद्द गर्न सिफारिस हुन सक्ने जनाइएको छ । हालै हाइड्रोकार्बनसम्बन्धी कानुन संशोधन भएपछि सरकारले विद्यमान सम्झौता पुनरावलोकन गर्न छ महिनाको समय पाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
-
अब पार्टीभित्र फोहोर सभा गरेर अगाडी बढ्छौं- गगन थापा
-
दसैँ र तिहारमा वालेटमार्फत दिनमा ५० पटकसम्म रकम जम्मा गर्न सकिने
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’