हिलारी क्लिन्टनको एपस्टाइन प्रकरणमा संसदीय समितिमा बयान
२०८२ फाल्गुण १५ शुक्रवार
- अमेरिकाकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले चर्चित व्यक्ति जेफ्री एपस्टाइनसँग सम्बन्धित मुद्दामा संसदीय समितिसमक्ष बयान दिएकी छन् ।
एजेन्सी, १५ फाल्गुण । अमेरिकाकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले चर्चित व्यक्ति जेफ्री एपस्टाइनसँग सम्बन्धित मुद्दामा संसदीय समितिसमक्ष बयान दिएकी छन् । उनले एपस्टिनका आपराधिक गतिविधिबारे आफूलाई कुनै जानकारी नभएको स्पष्ट पारेकी छन् ।
एपस्टाइन प्रकरणको अनुसन्धान गरिरहेको अमेरिकी संसदको समितिसामु बन्द कोठाभित्र करिब छ घण्टा बयान दिएपछि क्लिन्टनले सत्य बाहिर आउनुपर्ने आफू चाहेको बताइन् । उनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि शपथसहित समिति सामु उपस्थित गराएर एपस्टिनसँग रहेका विगतका सम्बन्धबारे सोधपुछ गर्नुपर्ने धारणा राखिन्।
यसै मुद्दामा उनका पति तथा पूर्व राष्ट्रपति बिल क्लिन्टनले पनि बयान दिने तयारी गरिएको जनाइएको छ। सुरुमा क्लिन्टन दम्पतीले समितिको समनलाई राजनीतिक उद्देश्यले प्रेरित भन्दै विरोध गरेका थिए । तर संसद अवहेलनासम्बन्धी सम्भावित कारबाही हुन सक्ने भएपछि उनीहरू बयान दिन सहमत भएका हुन्।
बयानपछि सञ्चारकर्मीसँग कुरा गर्दै हिलारी क्लिन्टनले सुनुवाइ सार्वजनिक नगरिएकोमा निराशा व्यक्त गरिन् । उनले समितिका अध्यक्ष जेम्स कमरले अनुसन्धान प्रक्रियाबारे महत्वपूर्ण प्रश्न उठाएको भन्दै प्रशंसा समेत गरिन् ।
क्लिन्टनले आफूले दुई दशकअघि नै एपस्टाइनसँगको सम्बन्ध तोडेको र उनका अपराधबारे कुनै जानकारी नभएको दोहोर्याइन् । उनले एपस्टिनसँग कहिल्यै भेट नभएको, उनको विमान, टापु वा निवासमा नपुगेको समेत बताइन् । सन् २०१९ मा न्यूयोर्कको जेलमा एपस्टाइनको मृत्यु भएको थियो।
सुनुवाइका क्रममा समितिको बन्द सत्रबाट एउटा तस्बिर बाहिरिएपछि प्रक्रिया केही समय रोकिएको थियो । उक्त तस्बिर कोलोराडो राज्यकी सांसद लरेन बोएबर्टले खिचेर बाहिर पठाएको आरोप लागेको छ, जसलाई समितिका सदस्यहरूले नियमविपरीत कार्य बताएका छन्।
समितिका केही सांसदहरूले क्लिन्टनमाथि केन्द्रित अनुसन्धान समयको बर्बादी भएको दाबी गर्दै बयानको पूर्ण प्रतिलिपि सार्वजनिक गर्न माग गरेका छन्। साथै राष्ट्रपति ट्रम्पलाई पनि समितिसामु उपस्थित गराउनुपर्ने माग दोहोरिएको छ।
अमेरिकी न्याय विभागले सार्वजनिक गरेका विभिन्न कागजातहरूमा एपस्टाइनका धेरै प्रभावशाली व्यक्तिसँग सम्बन्ध रहेको उल्लेख भए पनि नाम उल्लेख हुनु मात्रै गलत कार्यमा संलग्नता प्रमाणित नहुने बताइएको छ । समितिले अनुसन्धान जारी रहेको जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
-
भारतबाट सुरुङमा उद्धारका लागि प्राविधिक टोलीसहित थप ११ टन राहत सामग्री आइपुग्यो
-
भोटेकोशी बाढीपछि अहिलेसम्म ७३४ जनाको शव भेटियो
-
इन्टर मियामीको जितमा मेसीको चार गोल
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।