२०२० यता चीनको परमाणु हतियार संख्या ६०० नाघेको अमेरिकाको दाबि

२०८२ फाल्गुण १२ मङ्गलवार
सारांश
  • अमेरिकी अधिकारीहरूले चीनले करिब छ वर्षअघि गोप्य रूपमा परमाणु परीक्षण गरेको आरोप लगाएका छन्

एजेन्सी, १२ फाल्गुण । अमेरिका र चीनबीच परमाणु हतियारलाई लिएर पुनः तनाव बढेको छ। अमेरिकी अधिकारीहरूले चीनले करिब छ वर्षअघि गोप्य रूपमा परमाणु परीक्षण गरेको आरोप लगाएका छन् ।

 

अमेरिकी विदेश मन्त्रालयका सहायक सचिव क्रिस्टोफर येवले सन् २०२० जुन २२ मा चीनको पश्चिमी क्षेत्र लोप नूरस्थित भूमिगत परमाणु परीक्षण केन्द्रमा विस्फोट भएको दाबी गरेका हुन् । उनका अनुसार उक्त विस्फोट २ दशमलव ७५ तीव्रताको थियो, जसको संकेत छिमेकी कजाकिस्तानस्थित केन्द्रले अभिलेख गरेको थियो। उनले उक्त घटना सामान्य खानी विस्फोट नभई एकल परमाणु परीक्षणजस्तै रहेको बताएका छन् ।

 

येवले सन् २०२० यता चीनको परमाणु हतियार संख्या २०० बाट बढेर ६०० नाघेको र सन् २०३० सम्म एक हजारभन्दा बढी पुग्न सक्ने अनुमानसमेत व्यक्त गरेका छन् । आगामी केही वर्षमा चीन अमेरिकाको स्तरमा पुग्न सक्ने उनको भनाइ छ ।

 

यो आरोप यस्तो समयमा आएको हो जब अमेरिका र रूसबीचको अन्तिम प्रमुख परमाणु सन्धि यसै महिना समाप्त भएको छ । उक्त सन्धि अन्त्य भएसँगै विश्वका दुई ठूला परमाणु शक्तिबीच हतियार सीमित गर्ने व्यवस्था हटेको छ, जसले नयाँ हतियार होडको चिन्ता बढाएको छ ।

 

अमेरिकाले चीन र रूससँग पारदर्शिता र हतियार नियन्त्रणको माग गरिरहेको छ । तर चीनले यी आरोप अस्वीकार गर्दै आफूले सधैं परमाणु परीक्षण प्रतिबन्ध सन्धिको पालना गरेको दाबी गरेको छ । चीनका प्रतिनिधिले आफ्नो परमाणु भण्डार अमेरिका वा रूसजत्तिकै ठूलो नभएको र केवल रक्षात्मक उद्देश्यका लागि हतियार राखिएको बताएका छन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार