पाकिस्तानको कराचीमा ग्याँस विस्फोटमा १६ जनाको मृत्यु

७ फाल्गुन, २०८२, बिहिवार
सारांश
  • डाक्टर फर्रुख लान्जारले प्रारम्भिक जानकारीअनुसार ग्यास चुहावटका कारण विस्फोट भएको देखिएको बताएका छन् । उनका अनुसार भग्नावशेषभित्र अझै एक जनाको शव फसेको आशंका गरिएको थियो र उद्धार कार्य निरन्तर जारी राखिएको थियो ।

काठमाडौँ: पाकिस्तानको कराचीस्थित सोल्जर बजारमा भएको सिलिन्डर विस्फोटमा ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । मृत्यु हुनेमा चार बालबालिका र छ महिला रहेको जियो न्यूजले उल्लेख गरेको छ । घटनामा १४ जना घाइते भएका छन् ।

 

तीन तले आवासीय भवनको पहिलो तलामा विस्फोट हुँदा भवनको एक भाग भत्किएको थियो ।

 

डाक्टर फर्रुख लान्जारले प्रारम्भिक जानकारीअनुसार ग्यास चुहावटका कारण विस्फोट भएको देखिएको बताएका छन् । उनका अनुसार भग्नावशेषभित्र अझै एक जनाको शव फसेको आशंका गरिएको थियो र उद्धार कार्य निरन्तर जारी राखिएको थियो ।

 

उनले रासायनिक परीक्षणपछि मात्र विस्फोटको वास्तविक कारण पुष्टि हुने र घटनाबारे विस्तृत अनुसन्धान गरिने जानकारी दिए । साथै भवन कानुनी रूपमा निर्माण भएको वा नभएको सम्बन्धमा सम्बन्धित निकायले छानबिन गर्ने र दोषी पाइए कारबाही गरिने उनले बताए ।

 

उद्धार टोलीले भग्नावशेषबाट धेरैलाई जीवितै बाहिर निकालेको थियो । मृत्यु हुनेमा १० वर्षीया नाजिया र ६० वर्षीय मोहम्मद रियाज पनि रहेका छन् । उद्धार अधिकारीहरूका अनुसार १७ वर्षीया किशोरी, १९ वर्षीया युवती र १८ वर्षीया महिलाको शव भग्नावशेषबाट निकालिएको छ । थप एक महिलाको शव फेला परेको छ भने अर्की एक मृतकको पहिचान प्रक्रिया जारी रहेको जनाइएको छ । घाइतेमध्ये १४ वर्षीया बालिका जीवितै उद्धार गरिएको छ ।  

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार