अमेरिका-ईरान परमाणु वार्ताको दोस्रो चरण जेनेभामा हुँदै
२०८२ फाल्गुण ०४ सोमवार
- इरानी विदेश मन्त्रालयका अनुसार प्रतिनिधिमण्डल कूटनीतिक तथा प्राविधिक टोलीसहित वार्ताका लागि प्रस्थान गरेको हो । वार्तामा ओमान ले मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ ।
काठमाण्डौ, ०४ फाल्गुण । विदेशमन्त्री अब्बास अराघची नेतृत्वको इरानी प्रतिनिधिमण्डल आइतबार जेनेभा पुगेको छ । मंगलबारबाट सुरु हुने अमेरिका-ईरान अप्रत्यक्ष परमाणु वार्ताको दोस्रो चरणमा उनीहरूले ईरानको टोलीको नेतृत्व गर्नेछन् ।
इरानी विदेश मन्त्रालयका अनुसार प्रतिनिधिमण्डल कूटनीतिक तथा प्राविधिक टोलीसहित वार्ताका लागि प्रस्थान गरेको हो । वार्तामा ओमान ले मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ ।
यो बैठक यस महिनाको सुरुमा ओमानको मस्कटमा भएको पहिलो चरणपछि हुन लागेको हो, जसले महिनौँदेखि रोकिएको संवाद प्रक्रिया पुनः सुरु भएको संकेत दिएको छ । बढ्दो क्षेत्रीय तनाव र अमेरिकी सैन्य तयारीबीच वार्ता हुन लागेको हो ।
वार्तामा ईरानको युरेनियम संवर्धनको सीमा, अन्तर्राष्ट्रिय निगरानी संयन्त्र तथा अमेरिकी प्रतिबन्धमा राहतजस्ता विषयमा छलफल हुने अपेक्षा गरिएको छ । जेनेभा बसाइका क्रममा अराघचीले स्विस तथा ओमानी अधिकारीसँग भेटघाट गर्नुका साथै अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी का महानिर्देशक राफेल ग्रोसी सँग पनि भेट गर्ने कार्यक्रम छ ।
ईरानले दुवै पक्षलाई आर्थिक लाभ हुने नयाँ परमाणु सम्झौता चाहेको जनाएको छ । सन् २०२५ को मध्यतिर भएको १२ दिने संघर्ष र गत वर्ष इजरायल सँगको तनावपछि वार्ता रोकिएको थियो ।
हाल ईरानसँग उच्च स्तरमा संवर्धित युरेनियमको ठूलो भण्डार रहेको भन्दै अन्तर्राष्ट्रिय चिन्ता बढेको छ । तर ईरानले आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण रहेको दाबी गर्दै आएको छ ।
यसैबीच संयुक्त राज्य अमेरिका ले मध्यपूर्वमा सैन्य उपस्थिति बढाउँदै युएसएस अब्राहम लिंकन र युएसएस गेरल्ड आर फोर्ड विमानवाहक पोत तैनाथ गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले पटक-पटक इरान सहमतिमा नआएमा बल प्रयोग गर्ने चेतावनी दिँदै मध्यपूर्वमा आफ्नो सैन्य शक्ति तैनाथ गरेर दबाब दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।