बंगलादेशको अन्तरिम सरकारका प्रमुखसहित मन्त्रीहरूको सम्पत्तिमा वृद्धि

२०८२ फाल्गुण ०४ सोमवार
सारांश
  • शेख हसिना नेतृत्वको सरकार पतनपछि गठन भएको मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारका मन्त्रीहरूको सम्पत्तिमा उल्लेखनीय वृद्धि भएको सार्वजनिक विवरणले देखाएको छ ।

एजेन्सी, ०४ फाल्गुण । शेख हसिना नेतृत्वको सरकार पतनपछि गठन भएको मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारका मन्त्रीहरूको सम्पत्तिमा उल्लेखनीय वृद्धि भएको सार्वजनिक विवरणले देखाएको छ । सरकार प्रमुख मोहम्मद युनुसको सम्पत्ति एक वर्षको अवधिमा करिब ११ प्रतिशतले बढेको देखिएको छ ।

 

अघिल्लो वर्षको तुलनामा उनको सम्पत्तिमा झण्डै ११ प्रतिशतले बढेको रिपोर्टमा उल्लेख छ । अन्तरिम सरकारका शीर्ष चार मन्त्रीमध्ये सबैभन्दा बढी सम्पत्ति वृद्धि युनुसकै भएको बताइएको छ । युनुस नेतृत्वको २१ सदस्यीय मन्त्रिपरिषद्मध्ये १८ मन्त्रीहरूको सम्पत्ति बढेको तथ्य सार्वजनिक भएको छ ।

 

यसैबीच, नयाँ प्रधानमन्त्री रहमानले अन्तरिम सरकारका मन्त्रीहरूको सम्पत्तिमा भएको वृद्धिबारे छानबिन गर्न समिति गठन गर्ने तयारी गरेको रिपोर्टमा दाबी गरिएको छ ।

 

नोबेल पुरस्कार विजेता युनुस बंगलादेशमा माइक्रो–फाइनान्स क्षेत्रका अगुवा मानिन्छन् । शेख हसिना सरकारको कार्यकालमा उनीविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता भएको थियो । तर आफ्नै नेतृत्वमा सरकार गठन भएपछि ती मुद्दा फिर्ता लिइएको बताइएको छ ।

 

उता, तारिक रहमानको विजयपछि युनुस सरकारमा आईटी मन्त्री रहेका फैज अहमद तैयब नेदरल्यान्ड्स फर्किएका छन् । उनको कार्यकालमा सूचना प्रविधि क्षेत्रमा विदेशी कम्पनीहरूको पक्षमा केही निर्णय गरिएको भन्दै आलोचना भएको थियो । उच्च क्षमताका उपकरण खरिदका लागि केही कम्पनीलाई अनावश्यक रूपमा टेन्डर दिएको आरोप समेत उनीमाथि लागेको छ ।

 

युनुस सरकारकी वातावरण मन्त्री सैयदा रिजवाना अनुसार फैज आफ्नो परिवारसहित नेदरल्यान्ड्समै बसोबास गर्दै आएका थिए र अन्तरिम सरकारमा सहभागी हुन बंगलादेश फर्किएका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार