थाइल्यान्डमा शिक्षक र विद्यार्थी बन्धक बनाउने युवक पक्राउ

२८ माघ, २०८२, बुधवार
सारांश
  • बुधबार भएको उक्त घटनामा कम्तीमा तीन जना घाइते भएका छन् । प्रान्तीय प्रशासनले बन्दुकधारी १८ वर्षीय युवक रहेको जानकारी दिएको छ ।

काठमाडौँ: थाइल्यान्डको दक्षिणी भागस्थित हाट याई जिल्लाको एक विद्यालयमा सशस्त्र युवकले प्रवेश गरी शिक्षक र विद्यार्थीलाई बन्धक बनाएको घटना सार्वजनिक भएको छ ।

 

रिपोर्ट अनुसार घटनामा संलग्न बन्दुकधारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने सबै बन्धकलाई सकुशल उद्धार गरिएको स्थानीय मिडियाले उल्लेख गरेका छन् ।

 

बुधबार भएको उक्त घटनामा कम्तीमा तीन जना घाइते भएका छन् । प्रान्तीय प्रशासनले बन्दुकधारी १८ वर्षीय युवक रहेको जानकारी दिएको छ ।

 

थाइल्यान्डमा सन् २०२२ मा देशको पूर्वी क्षेत्रमा एक पूर्व प्रहरी अधिकारीले नर्सरीमा बन्दुक र चक्कु प्रहार गरी २२ बालबालिकासहित ३६ जनाको हत्या गरेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार