- रुसको राजधानी मस्कोमा रुसी उच्चपदस्थ सैनिक अधिकारीमाथि गोली प्रहार भएको छ ।
एजेन्सी, २३ माघ । रुसको राजधानी मस्कोमा रुसी उच्चपदस्थ सैनिक अधिकारीमाथि गोली प्रहार भएको छ । रुसी मिडियाका अनुसार लेफ्टिनेन्ट जनरल भ्लादिमिर आलेक्सेयेभमाथि अज्ञात व्यक्तिले गोली चलाएका हुन् ।
मस्कोको भोलोकोलाम्स्कोये हाइवेस्थित एक आवासीय भवनभित्र आलेक्सेयेभमाथि धेरै राउन्ड गोली प्रहार गरिएको र आक्रमणकारी घटनास्थलबाट फरार भएको बताइएको छ ।
गोली लागेका जनरल आलेक्सेयेभलाई तत्काल मस्कोको एक सहर अस्पतालमा भर्ना गरिएको छ । रुसी सरकारी सञ्चारमाध्यमका अनुसार उनी हाल सघन उपचार कक्ष (आईसीयू) मा छन् र उनको अवस्था गम्भीर रहेको छ ।
सन् २०२५ मा अमेरिकी कांग्रेसनल रिसर्च सर्भिसले प्रकाशित गरेको प्रतिवेदनअनुसार भ्लादिमिर आलेक्सेयेभ रुसको मुख्य गुप्तचर निकाय जीआरयूका प्रथम उपप्रमुख हुन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’