भारतले इरानको सत्ता भेनेजुएलाबाट इन्धन किन्ने ट्रम्पको दाबी
२०८२ माघ १८ आइतवार
- भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मादुरोलाई सत्ताबाट हटाइएपछि, अमेरिकाले भेनेजुएलाको तेल उद्योगको नियन्त्रण लिने योजना बनाइरहेको छ । ट्रम्पले भेनेजुएला अब अमेरिकालाई ठूलो मात्रामा तेल आपूर्ति गर्न तयार भएको समेत बताएका छन् ।
काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले इरानको सट्टा भेनेजुएलाबाट तेल किन्न सम्झौतामा हस्ताक्षर गरेको दाबी गरेका छन् ।
भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मादुरोलाई सत्ताबाट हटाइएपछि, अमेरिकाले भेनेजुएलाको तेल उद्योगको नियन्त्रण लिने योजना बनाइरहेको छ । ट्रम्पले भेनेजुएला अब अमेरिकालाई ठूलो मात्रामा तेल आपूर्ति गर्न तयार भएको समेत बताएका छन् ।
ट्रम्पले पहिले नै भारतसँग सम्झौता गरिसकेको बताउदै भारतले इरानको सट्टा भेनेजुएलाबाट तेल किन्न सक्छ र त्यो सम्झौता गरिसकेको उनको दाबि छ । ट्रम्पले भने- 'चीनलाई भेनेजुएला तेल किन्न पनि स्वागत छ, तिनीहरू आएर किन्न सक्छन् ।'
ट्रम्पको दावीको बारेमा भारत सरकारका तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’