भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन

२०८२ माघ १४ बुधवार
सारांश
  • बुधबार बिहान विमान अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको समाचार एजेन्सी एएनआईले जानकारी दिएको छ ।

काठमाडौँ : भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन भएको छ । 

 

बुधबार बिहान विमान अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको समाचार एजेन्सी एएनआईले जानकारी दिएको छ । 

 

दुर्घटनामा उपमुख्यमन्त्री अजित पवारको मृत्यु भएको छ भने यस दुर्घटनामा अन्य पाँच जनाको पनि ज्यान गएको उल्लेख छ । विमानमा अजित पवारसहित उनका निजी सहायक, सुरक्षाकर्मी र उडान परिचारिका सहित पाँच जना रहेको बताइएको छ ।अजित पवार आज जिल्ला परिषद्को चुनावको सन्दर्भमा आयोजित जनसभालाई सम्बोधन गर्न बारामती पुगेका थिए ।

 

पवार चार्टर्ड विमानबाट मुम्बईबाट बारामती गएका थिए । अवतरण गर्ने क्रममा विमान धावनमार्गबाट ​​चिप्लिएको बताइएको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार