ट्रम्पको इरानमा सैन्य हस्तक्षेप गर्ने चेतावनीप्रति चीनको विरोध

२०८२ पुष २८ गते सोमवार
सारांश
  • चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले चीनले अन्तर्राष्ट्रिय सम्बन्धमा बल प्रयोग वा धम्कीको विरोध गर्ने बताएकी छन् ।

काठमाडौँ: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सैन्य हस्तक्षेप गर्ने चेतावनीको जवाफमा चीनले प्रतिक्रिया जनाएको छ ।

 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले चीनले अन्तर्राष्ट्रिय सम्बन्धमा बल प्रयोग वा धम्कीको विरोध गर्ने बताएकी छन् ।

 

पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफ दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता निङले भनिन्- 'हामीले सधैं हाम्रो देशको आन्तरिक मामिलामा विदेशी हस्तक्षेपको विरोध गरेका छौं । हामी विश्वास गर्छौं, सबै देशहरूको सार्वभौमसत्ता र सुरक्षा अन्तर्राष्ट्रिय कानून अनुसार पूर्ण रूपमा कायम राख्नुपर्छ ।'

 

इरानमा भइरहेको विरोध प्रदर्शनको क्रममा राष्ट्रपति ट्रम्पले इरानी सरकारलाई सैन्य हस्तक्षेपको धम्की बारम्बार दिएका छन् । आफ्नो हालैका बयानहरूमा ट्रम्पले इरानी सरकारले सबै सीमा पार गरेको छ र अमेरिकाले विभिन्न विकल्पहरू विचार गरिरहेको बताएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार