भेनेजुएलाकी विपक्षी नेतृ माचाडोको भनाईप्रति नोबेल समितिको असन्तुष्टि

२०८२ पुष २७ गते आइतवार
सारांश
  • माचाडोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आफ्नो नोबेल शान्ति पुरस्कार बाँड्न वा उनलाई दिन चाहेको बताएकी थिइन्।

काठमाडौँ : नोबेल शान्ति पुरस्कार प्रदान गर्ने संस्था नर्वेजियन नोबेल इन्स्टिच्युटले भेनेजुएलाका विपक्षी नेता मारिया कोरिना माचाडोको हालैको भनाइप्रति असन्तुष्टि व्यक्त गरेको छ ।

 

माचाडोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आफ्नो नोबेल शान्ति पुरस्कार बाँड्न वा उनलाई दिन चाहेको बताएकी थिइन्।

 

संस्थाले शुक्रबार एक संक्षिप्त विज्ञप्तिमा एक पटक नोबेल पुरस्कार घोषणा भएपछि, यसलाई खारेज गर्न, स्थानान्तरण गर्न, बाँड्न वा अरू कसैलाई प्रदान गर्न नसकिने स्पष्ट गरेको छ ।

 

फक्स न्यूजसँगको अन्तर्वार्तामा माचाडोले व्यक्तिगत रूपमा ट्रम्पलाई भेनेजुएलाका जनताले नोबेल पुरस्कार दिन वा बाँड्न चाहेको बताएकी थिइन् ।

 

न्यूयोर्कमा लागूपदार्थ तस्करीको आरोपमा रहेका भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्ने अमेरिकी सफल कारबाहीको लागि माचाडोले ट्रम्पको प्रशंसा गरेकी छन् । उनले यसलाई लोकतान्त्रिक परिवर्तनतर्फको ऐतिहासिक कदम भनेकी छन् ।

 

नोबेल पुरस्कार घोषणा भएलगत्तै, माचाडोले यसलाई भेनेजुएलाका जनता र ट्रम्पलाई समर्पित गरेकि थिइन् । ट्रम्पले लामो समयदेखि नोबेल पुरस्कार जित्ने आकांक्षा राखेका छन् र आफ्नो कार्यकालमा खुलेआम यसलाई पछ्याइरहेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार