- भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई न्यूयोर्क पुर्याइएको छ ।
एजेन्सी, २० पुष । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई न्यूयोर्क पुर्याइएको छ । अमेरिकी मिडियाहरुले मादुरो र उनकी श्रीमतीलाई न्यूयोर्कको मानहटनमा ल्याएको उल्लेख गरेका छन् ।
मादुरोले अब अमेरिकामा कानुनी कारबाही र सोधपुछको सामना गर्नुपर्नेछ । अमेरिकी प्रशासनले उनीमाथि लागूपदार्थ तस्करी र संगठित अपराधसँग सम्बन्धित गम्भीर आरोपहरूको सामना गरिरहेको बताएको छ ।
हेलिकप्टरमा न्यूयोर्कको मानहटन ल्याउनुअघि मादुरो र उनकी श्रीमतीलाई न्यूयोर्कको स्टीवर्ट एयर नेशनल गार्ड बेसमा विमानबाट ओरालिएको थियो ।
अमेरिकी भन्सार तथा सीमा सुरक्षा प्रणालीमा उनीहरूको जानकारी प्रविष्ट गर्नुअघि दम्पतीको बायोमेट्रिक्स, औंठाछाप र तस्बिरहरू लिइएको थियो ।
शनिबार अमेरिकाले गरेको अप्रेशनमा मादुरोलाई उनको निवासबाटै आफ्नो कब्जामा लिएको अमेरिकी डेल्टा फोर्सले उनलाई न्यूयोर्कस्थित म्यानहट्टन संघीय अदालतमा पेश गर्ने बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
-
अब पार्टीभित्र फोहोर सभा गरेर अगाडी बढ्छौं- गगन थापा
-
दसैँ र तिहारमा वालेटमार्फत दिनमा ५० पटकसम्म रकम जम्मा गर्न सकिने
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’