ताइवान आसपास चीनले सैन्य अभ्यास गरेपछि अमेरिकाको कडा प्रतिक्रिया
२०८२ पुष १८ शुक्रवार
- अमेरिकी विदेश विभागले विज्ञप्ति जारी गर्दै ताइवान र यस क्षेत्रका अन्य पक्षहरूप्रति चीनको सैन्य गतिविधि र भाषाले अनावश्यक रूपमा तनाव बढाइरहेको उल्लेख गरेको छ ।
काठमाडौँ : चीनले ताइवान वरपरका क्षेत्रहरूमा सैन्य अभ्यासहरू गरिरहेको विषयमा अमेरिकाले कडा प्रतिक्रिया जनाएको छ । यी सैन्य अभ्यासहरू डिसेम्बर ३१ मा सम्पन्न भएका थिए ।
अमेरिकी विदेश विभागले विज्ञप्ति जारी गर्दै ताइवान र यस क्षेत्रका अन्य पक्षहरूप्रति चीनको सैन्य गतिविधि र भाषाले अनावश्यक रूपमा तनाव बढाइरहेको उल्लेख गरेको छ ।
अमेरिकाले भनेको छ- 'हामी चीनलाई संयम अपनाउन, ताइवानविरुद्ध सैन्य दबाब बन्द गर्न र यसको सट्टा अर्थपूर्ण वार्तामा संलग्न हुन आग्रह गर्दछौं । संयुक्त राज्य अमेरिकाले ताइवान जलडमरूमा शान्ति र स्थिरतालाई समर्थन गर्दछ र बल प्रयोग गरेर वा जबरजस्ती गरेर वर्तमान स्थितिमा कुनै पनि एकपक्षीय परिवर्तनको विरोध गर्दछ ।'
ताइवानले पनि चीनको सैन्य अभ्यासको कडा विरोध गरेको छ । चीनले यी सैन्य अभ्यासहरूलाई 'न्याय मिसन २०२५' नाम दिइएको थियो ।
चीनले ताइवानलाई आफ्नो क्षेत्रको हिस्सा मान्छ, जबकि ताइवानले आफूलाई एक स्वतन्त्र देश मान्दछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’