- राष्ट्रपति ट्रम्पले डिसेम्बर १५ मा ह्वाइट हाउसमा आयोजित बिदाको पार्टीमा ट्रम्प जुनियरको इन्गेजमेन्ट भएको घोषणा गरिएको छ ।
काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा ट्रम्प जुनियरले सोसियल इन्फ्लुइन्सर बेट्टीना एन्डरसनसँग इन्गेजमेन्ट गरेका छन् ।
राष्ट्रपति ट्रम्पले डिसेम्बर १५ मा ह्वाइट हाउसमा आयोजित बिदाको पार्टीमा ट्रम्प जुनियरको इन्गेजमेन्ट भएको घोषणा गरिएको छ । यो इन्गेजमेन्ट कहिले भएको थियो भन्ने बारे स्पष्ट बताइएको छैन ।
यो ट्रम्प जुनियरको तेस्रो इन्गेजमेन्ट हो । उनले पहिले पूर्व मोडेल र अभिनेत्री भेनेसासँग विवाह गरेका थिए । उनी १२ वर्षदेखि उनीसँग सम्बन्धमा थिए । उनीहरूका पाँच सन्तान छन् । भेनेसाले २०१८ मा सम्बन्ध विच्छेद गरेका थिए ।
यसपछि, ट्रम्प जुनियरले २०१८ मा अमेरिकी टिभी प्रसनालिटी किम्बर्ली गिल्फोयलसँग विवाह गरे । यो विवाह छ वर्षसम्म चल्यो । मिडिया रिपोर्टका अनुसार, ट्रम्प जुनियर र बेट्टीना एन्डरसन लगभग एक वर्षदेखि डेटिङमा छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’