नेटफ्लिक्स र वार्नर ब्रदर्सबीचको सम्झौताप्रति ट्रम्पको चिन्ता
२०८२ मङ्सिर २२ सोमवार
- ट्रम्पले नेटफ्लिक्सको बजार हिस्सा विशाल रहेको र दुई कम्पनीहरूको संयुक्त आकार समस्या हुन सक्ने टिप्पणी गरेका हुन् ।
काठमाडौँ: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्नर ब्रदर्सको चलचित्र स्टुडियो र एचबीओ स्ट्रिमिङ नेटवर्क प्राप्त गर्न नेटफ्लिक्सले प्रस्ताव गरेको ७२ अर्ब डलरको सम्झौताप्रति चिन्ता व्यक्त गरेका छन् ।
ट्रम्पले नेटफ्लिक्सको बजार हिस्सा विशाल रहेको र दुई कम्पनीहरूको संयुक्त आकार समस्या हुन सक्ने टिप्पणी गरेका हुन् ।
शुक्रबार, दुई कम्पनीले उनीहरूले 'ह्यारी पोटर' र 'गेम अफ थ्रोन्स' जस्ता फ्रान्चाइजीको मालिक वार्नर ब्रदर्स नेटफ्लिक्सले किन्ने सम्झौता भएको थियो ।
यो प्रस्तावित सम्झौताले उद्योगका केही मानिसहरूमा चिन्ता बढाएको छ । यद्यपि, प्रतिस्पर्धा अधिकारीहरूले सम्झौतालाई अझै अनुमोदन गरेका छैनन् ।
नेटफ्लिक्स १९९७ मा डीभीडी भाडा व्यवसायको रूपमा सुरु भएको थियो । यो आज संसारको सबैभन्दा ठूलो सदस्यता स्ट्रिमिङ सेवा बनेको छ । यो सम्झौताले नेटफ्लिक्सको स्थितिलाई अझ बलियो बनाउने दाबी गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’