नेटफ्लिक्सले किन्यो वार्नर ब्रदर्सको फिल्म र स्ट्रिमिङ व्यवसाय
२०८२ मङ्सिर २० शनिवार
- भिडियो स्ट्रिमिङ जायन्ट नेटफ्लिक्सले प्रमुख फिल्म निर्माता र स्ट्रिमिङ कम्पनी वार्नर ब्रदर्स डिस्कभरीको फिल्म र स्ट्रिमिङ व्यवसाय किन्न सहमत भएको छ ।
एजेन्सी, २० मङ्सिर । भिडियो स्ट्रिमिङ जायन्ट नेटफ्लिक्सले प्रमुख फिल्म निर्माता र स्ट्रिमिङ कम्पनी वार्नर ब्रदर्स डिस्कभरीको फिल्म र स्ट्रिमिङ व्यवसाय किन्न सहमत भएको छ ।
यो सम्झौताको मूल्य ७२ बिलियन डलर रहेको छ । प्रतिद्वन्द्वी कम्पनीहरू कमकास्ट र प्यारामाउन्ट स्काइडान्स पनि वार्नर ब्रदर्सलाई प्राप्त गर्ने दौडमा थिए, तर यस दौडमा नेटफ्लिक्सले बाजी मारेको छ । वार्नर ब्रदर्ससँग ह्यारी पोटर र गेम अफ थ्रोन्सका साथै एचबीओ म्याक्स स्ट्रिमिङ सेवाको फ्रान्चाइजीहरू छन् । यदि यो सम्झौता भयो भने, यसले अमेरिकी फिल्म र मिडिया उद्योगलाई नयाँ आकार दिन सक्ने विश्लेषण गरिएको छ । यद्यपि, विश्लेषकहरूले सम्झौताले प्रतिस्पर्धाबाट विरोधको सामना गर्न सक्ने समेत चेतावनी दिएका छन् ।
यस सम्झौतापछि नेटफ्लिक्सले व्यवसायमा विभिन्न ओभरल्यापहरू हटाएर २-३ अर्ब डलर बचत गर्ने अनुमान गरेको छ । त्यस्तै वार्नर ब्रदर्सद्वारा निर्मित चलचित्रहरू सिनेमाघरहरूमा प्रदर्शन भइरहनेछन् भने वार्नर ब्रदर्स टेलिभिजन स्टुडियोले तेस्रो पक्षहरूको लागि उत्पादन गर्न जारी राख्ने छ । त्यस्तै नेटफ्लिक्सले आफ्नै प्लेटफर्मको लागि विशेष रूपमा सामग्री उत्पादन पहिला जस्तै गरिरहने बताएको छ ।
प्रति वार्नर ब्रदर्स शेयरको नगद र स्टक सम्झौता २७.७५ डलर रहेको छ, जसको कुल उद्यम मूल्य - जसमा कम्पनीको ऋण र यसको शेयरको मूल्य लगभग ८२.७ अर्ब डलर रहेको । इक्विटी मूल्य, वा नगद मूल्य ७२ अर्ब डलर रहेको छ ।
दुवै कम्पनीका निर्देशक बोर्डले सर्वसम्मतिले सम्झौतालाई अनुमोदन गरेका छन् । वार्नर ब्रदर्सको अधिग्रहणले नेटफ्लिक्सलाई यसको स्टुडियो उत्पादन क्षमता विस्तार गर्न र मौलिक सामग्रीमा यसको लगानी बढाउन सक्षम बनाउने अपेक्षा गरिएको छ । वार्नर ब्रदर्सले अर्को वर्ष यसको स्ट्रिमिङ र स्टुडियो डिभिजनलाई यसको विश्वव्यापी नेटवर्क डिभिजनबाट दुई कम्पनीहरूमा अलग गर्ने पहिले घोषणा गरिएको योजनालाई अन्तिम रूप दिएपछि नेटफ्लिक्सले अधिग्रहण पूरा गर्नेछ । यसको विश्वव्यापी नेटवर्क डिभिजन डिस्कभरी ग्लोबल बन्नेछ र अमेरिकामा सीएनएन र टिएनटी स्पोर्ट्स जस्ता केबल च्यानलहरू, साथै युरोपमा यसको डिस्कभरी र फ्री-टु-एयर च्यानलहरू समावेश गर्ने छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।