इमरान खानसँग जेलमा बहिनीको भेट, उनको अवस्था बारेको अफवाहको अन्त्य
२०८२ मङ्सिर १७ बुधवार
- मिडिया रिपोर्टका अनुसार बहिनि उज्माले इमरानसँग लगभग २० मिनेटसम्म भेटे गरेकी हुन् ।
काठमाडौँ: पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानसँग उनकी बहिनी उज्मा खानले रावलपिंडीको अदियाला जेलमा भेट गरेकी छन् । मिडिया रिपोर्टका अनुसार बहिनि उज्माले इमरानसँग लगभग २० मिनेटसम्म भेटे गरेकी हुन् ।
उनको अवस्थाको बारेमा अनेक अफवाह फैलिरहेका बेला परिवारका सदस्यले पछिल्लो लगभग एक महिना भेट गरेको यो पहिलो पटक हो । बहिनि उज्माले इमरान खानको स्वास्थ्य राम्रो रहेको बताउदै उनलाई जेलमा मानसिक रूपमा यातना दिइएको दाबि गरेकी छन् । उनले यसका लागि पाकिस्तानी सेना प्रमुख असीम मुनीर जिम्मेवार रहेको बताएकी छन् । साथै उनले आफ्ना परिवारका सदस्यहरुसँग छलफल गरेपछि थप धारणा बाहिर ल्याउने बताएको मिडिया रिपोर्टमा उल्लेख छ ।
अफगानिस्तानका मिडियाबाट इमरान खानको जेलमा मृत्यु भएको भन्ने अफवाह शुरु भएको २७ दिनपछि इमरान खानले परिवारका सदस्यलाई भेटेका हुन् । उनले अन्तिम पटक नोभेम्बर ५ मा आफ्नी बहिनी नौरीन खानलाई भेटेका थिए । गत मंगलबार, इमरान खानका समर्थक र परिवारका सदस्यहरू उनलाई भेट्न गएका थिए, तर जेल प्रशासनले उनीहरूलाई अनुमति अस्वीकार गरेको थियो।
इमरानको मृत्यु भएको हल्ला फैलिए पछि पाकिस्तानभर ठूलो विरोध प्रदर्शन गरियो, जसले गर्दा रावलपिंडीदेखि इस्लामावादसम्म उच्च सतर्कता अपनाइएको थियो ।
पाकिस्तानी सरकारले डिसेम्बर १ देखि ३ सम्म रावलपिंडीमा सार्वजनिक सभा, र्याली, जुलुस, धर्ना र पाँच भन्दा बढी व्यक्तिको भेलामा प्रतिबन्ध लगाउने आदेश जारी गरेको छ भने धारा १४४ लागू छ । यस आदेशले हतियार, लाठी, गुलेली, पेट्रोल बम र विस्फोटक पदार्थ बोक्न निषेध गरेको छ । यसबाहेक, घृणायुक्त भाषण, प्रहरीको ब्यारिकेड हटाउने प्रयास, मोटरसाइकलमा पछाडि सवार दुई जना र लाउडस्पीकरको प्रयोगलाई पनि कडाइका साथ निषेध गरिएको छ ।
इमरान खानको पार्टी, पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) ले मंगलबार इस्लामावाद उच्च अदालत बाहिर र रावलपिंडी (अदियाला जेल) मा ठूलो मात्रामा विरोध प्रदर्शनको घोषणा गरेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
विशेष
ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट
१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।