क्यालिफोर्निया जन्मदिनको पार्टीमा गोली चल्यो, चार जनाको मृत्यु
२०८२ मङ्सिर १४ आइतवार
- सीएनएनका अनुसार एक बच्चाको जन्मदिनको पार्टीमा भएको गोलीबारीमा चार जनाको मृत्यु भएको छ १० जना घाइते भएका छन् ।
काठमाडौँ :अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा कम्तिमा चार जनाको मृत्यु भएको छ ।
सीएनएनका अनुसार एक बच्चाको जन्मदिनको पार्टीमा भएको गोलीबारीमा चार जनाको मृत्यु भएको छ १० जना घाइते भएका छन् । शनिबार साँझ क्यालिफोर्नियाको स्टकटनमा रहेको एक रेस्टुरेन्टमा सो घटना भएको बताइएको छ ।
गोली चलाउनुको कारण र गोली चलाउने व्यक्तिको पहिचान अज्ञात रहेको छ।
अधिकारीहरूका अनुसार, कुल १४ जनालाई गोली लागेको थियो, जसमध्ये चार जनाको अस्पतालमा मृत्यु भयो ।
घाइतेहरूलाई तुरुन्तै नजिकैको अस्पतालमा भर्ना गरिएको थियो । घटनास्थलमा उपस्थित मानिसहरूले सुरुमा जन्मदिनको पार्टीमा पटाका पड्किएको ठानेको तर पछि मात्र गोली चलेको महसुस गरेको बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’