बंगलादेशको अदालतले सुनायो शेख हसिनालाई मृत्युदण्डको सजाय
२०८२ मङ्सिर ०१ सोमवार
- न्यायाधीश मोहम्मद गुलाम मुर्तजा मजुमदारले ४५३ पृष्ठको फैसला सुनाउनुअघि यसलाई ६ भागमा वाचन गरिने बताएका थिए।
बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ।
गत वर्ष जुलाई-अगस्टमा भएको विद्रोहका क्रममा मानवताविरुद्धको अपराध गरेको आरोप उनीमाथि लागेको थियो। भारतमा निर्वासनमा रहेकी शेख हसिनाको अनुपस्थितिमा उनीविरुद्ध मुद्दा चलाइएको थियो।
न्यायाधीश मोहम्मद गुलाम मुर्तजा मजुमदारले ४५३ पृष्ठको फैसला सुनाउनुअघि यसलाई ६ भागमा वाचन गरिने बताएका थिए। फैसलाको घोषणा बंगलादेश टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो।
अभियोजन पक्षले गत जुनमा शेख हसिनासहित तीन जनाविरुद्ध आधिकारिक रूपमा पाँचवटा आरोपहरू दायर गरेको थियो। यसै आधारमा न्यायाधिकरणले शेख हसिना र पूर्वगृहमन्त्री असदुज्जमा खान कमलविरुद्ध पक्राउ पूर्जी पनि जारी गरेको थियो।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
-
नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’